काठमाडौं, १० असोज । पोल गाडिएको २५ बर्षपछि बा“केको राप्तीसोनारी गाउ“पालिका ७ फत्तेपुरमा बिजुली बत्ति बलेको छ । २०५१ सालमा फत्तेपुरमा बिजुली पु¥याउनका लागि तत्कालिन कृषिमन्त्री प्रेमबहादुर भण्डारीको पालामा पोल गाडिएका थिए । कृषिमन्त्रीले २५ बर्ष अघि स्थानीयमाझ देखाएका सपना २५ बर्षपछि वडाध्यक्षले पूरा गरेका छन् । स्थानीय निर्वाचन भएको डेढ बर्षमा नै वडा नै झिलिमिली भएको छ । खिया लागेका पोलको ठाउ“को नया“ पोल गाडेर तार टागिएका छन् ।
बा“केको कर्णाली भनेर चिनिने राप्तीपारी क्षेत्रका अन्य गाउहरु अहिले पनी अन्धकारमा नै रहेका छन् । २०५१ सालमा सोही क्षेत्रबाट निर्वाचित तत्कालिन कृषिमन्त्री प्रेमबहादुर भण्डारीको पालामा बिजुलीका पोलहरु गाडिएका थिए । कृषिमन्त्रीले गर्न नसकेको काम वडाध्यक्ष आफैँ खटिएपछि २५ बर्षपछि पूरा भएको हो । राप्तीसोनारी गाउ“पालिका ७ का वासिन्दाले पोल गाडेको २५ बर्षपछि बिजुली बाल्न पाएका हुन् । दुई वर्ष अघि भएको निर्वाचनमा विजयी भएपछि वडा अध्यक्ष रामलखन थारु बिजुली बाल्नको लागि कामका खटिएका थिए । संघिय, प्रदेश सांसद, गाउ“पालिका लगायतका विभिन्न संघ संस्थाहरु स“ग सहकार्य गर्दै अगाडि बढेका वडाअध्यक्ष थारुले डेढ बर्षमा नै वडाभरी बिजुली पु¥याएका छन् । निर्वाचनमा गरेको प्रतिवद्धता भन्दा धेरै अघि नै आफ्नो वडाभरी विजुलीबत्ति बाल्न सफल भएको वडा अध्यक्ष थारुले बताए ।
यस क्षेत्रबाट जित्ने हरेक सांसद र मन्त्रीले फत्तेपुरसहित राप्तीपारीमा बिजुली पु¥याउने वाचा गर्दै आएका थिए । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि बिजुली नै चुनावी मुद्दा बनेको थियो । तर, चुनावमा मात्रै वाचा गर्ने र त्यसपछि फर्की नहेर्ने गरेका कारण साढे दुई दशकसम्म बिजुली पुग्न सकेको थिएन । बिजुलीे बाल्नको लागि सदरमुकाम नेपालगञ्जमा पोल ल्याउन, पोल गाड्न, तार तान्ने लगायतका कामहरुमा वडा अध्यक्ष स्वंय खटिएका थिए । फत्तेपुरका सबै गाउ“हरुमा बिजुलीका पोल र तार जोडिएपछि स्थानीय वासिन्दा समेत हर्षित भएका छन् । अहिलेसम्म सोलार टुकीको भरमा रात विताईरहेका स्थानीय वासिन्दाहरु गाउ“मा बिजुली पुगेपछि खुसी भएका हुन् । उनीहरुले २५ वर्षदेखिको सपना पूरा भएको बताए ।
वडाका २ हजार भन्दा बढी घरधुरीमा अहिले बिजुली पुगिसकेको वडा कार्यालयले जनाएको छ । फत्तेपुरमा बिजुली पु¥याउनको लागि वडा कार्यालयको बजेट, विभिन्न संघ संस्था र विद्यूत् प्राधिकरणको सहयोगमा निर्धारित समय अगाडि नै बिजुली बल्न सफल भएको हो । पछिल्लो समय स्थानीय सरकारप्रति हेर्ने जनताको दृष्टिकोण नराम्रो भइरहेका बेला राप्तीसोनारी गाउ“पालिका वडा नम्बर ७ ले भने गतिलो उदाहरण दिएको छ । जनप्रतिनिधीहरु आफै फिल्डमा खटेर बजेटको सही सदुपयोग गर्न सके बर्षौदेखिका अधुरा कामहरु समयमा नै पूरा हुन्छन् भन्ने कुराको वडाअध्यक्ष रामलखन थारुले पुष्टी गरिदिएका छन् ।
प्रतिक्रिया दिनुहोस्