ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको मागएमाले नेता, सुवेदी
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साना दुःखले आएको संघियता होईन, दलालपुंजिबादले राष्ट्रको सेवा गर्दैन : अध्यक्ष प्रचण्ड


sharan sharan
आश्विन ९, २०७६ बिहीबार   ३ : ३८   बजे

बुटवल, ९ असोज, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले नेपालको संघियता सानो दुःखले प्राप्त नभएको बताउनु भएको छ ।
तिलोत्तमा नगरपालिकाले आज रुपन्देहीमा आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा पछिल्लो पटक भएको परिवर्तन २००७ साल, २०३६ साल वा २०४६ सालको जस्तो नभएको बताउनु भयो । उहांले निती नै परिवर्तन गरि भएको परिवर्तनलाई संस्थागत गर्नु सानो कुरा नभएको बताउंदै २ सय ५० वर्ष देखि गाडीएको केन्द्रिय चिन्तनलाई डेढबर्षमा समाप्त गर्न नसकिने बताउनु भयो ।
नेकपाले समाजबादी मोडलमा नेपालमा बिकास गर्न चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दलालपुंजिबादलाई नियन्त्रण गर्दै राष्ट्रिय पुंजिको बिकास गर्नु वर्तमान सरकारको कार्यदिशा हुनु पर्ने बताउनु भयो । दलालपुंजिबादले राष्ट्रको सेवा नगर्ने प्रचण्डको भनाई थियो ।
राणा, राजा र पंचायतले सधैं उद्योगी ब्यवसायीलाई ठगहरुको उपमा दिएको बताउंदै नेकपा नेतृत्वको सरकारले ब्यवसायी प्रति पुरानो सत्ताले राखेको सोंच परिवर्तन गर्न चाहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै संघिय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वर्तमान सरकार लगानीको बातावरण भन्दा लगानी मैत्री बातावरण निती बनाउन क्रियाशिल रहेको बताउनु भयो । उहांले बिगत २ वर्षमा कहिं मजदुर हडतालका नाममा काममा अवरोध नभएको उल्लेख गर्दै सरकारले निजी क्षेत्रलाई आर्थिक बृद्दीको संबाहक थानेको बताउनु भयो ।


पुर्व अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेलले नाकाबन्दीमा समेत अर्थतन्त्रमा योगदान गरेको रुपन्देही लगानीका लागि सबैभन्दा उपयुक्त क्षेत्र भएको बताउनु भयो ।
लगानी सम्मेलनको आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुअ बासुदेव घिमीरेले गणीतिय हिसावले यत्ती नै लगानी भित्रने हिसाव देखाउन नसकिएपनि लगानी सम्मेलनले तिलोत्तमाको बिकासमा ठुलो योगदान गर्ने आशा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालतको फैसलाअनुसार भाडा तिर्छौं–दमनकारी नीति अख्तियार गरे ७ सय उद्योगी गिरफ्तारी दिन तयार छौँः अध्यक्ष आलम

दक्षिण कोरियाको रोमाञ्चक पुनरागमन, चेकियामाथि २–१ को जितसँगै विश्वकपमा विजयी सुरुआत

सम्बन्धित

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group