ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ नेपाल भर बाल दिवस मनाइयो(भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ३० भदौ ।  सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ आइतबार बाल दिवस नेपाल भर मनाइएको छ । बाल दिवस मनाउदै गर्दा बालबालिकाले भने श्रम शोषणका कारण बाल अधिकारको अनुभुति गर्न नपाएको बताइरहेका छन् । तर, सरकाले भने बालबालिकालाई अधिकारको अनुभुत गराउन आफुहरु लागिरहेको बताएको छ ।

वि.सं. २०२९ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरिएको हो । वाल वालिकाको अधिकार भन्नाले गास, बास, कपासमात्र नभै पढ्न, खेल्न र आमाबाबुको माया पाउने अधिकार समेत हो । यी अधिकारहरु कति पुरा भए वा भएनन भन्ने बारेमा वर्षभरी त्यति धेरै छलफल गरिंदैन । तर, बालबालिकाको हितको लागि भन्दै वर्षको एकपटक भए पनि वाल दिवस मनाइदै आइएको छ । यद्यपी, राज्यको तबरबाट जति नै प्रयास भए पनि बालुवामा पानि हालेको जस्तै भएको छ ।

एकदिन वालबालिकाको कुरा गरे पनि ३ सय ६४ दिन कैयौं बालबालिका हिंसाको मारमा परेकै हुन्छन् । अधिकांश इट्टाभट्टा, होटल तथा सार्वजनिक यातायताका साधनमा बालवालिका श्रम शोषणमा परिरहेका छन् ।

सरकार भने बालबालिकाको हक, हितको निम्ति काम गरिरहेको दाबी गर्छ । बालबालिकाको अधिकार सुनिश्चतताका लागि आवश्यक काम अघि वढाइएको महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रीको दाबी छ । त्यसो त, बालबालिकामाथि शारिरिक तथा मानसिंक हिंसा पनि भई नै रहेको छ । यसको न्युनिकारणका लागि सरकारले पहल गरेको दाबी गरे पनि अवस्था त्यस्तो छैन । आजपनि हजारौ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित छन् । स्वास्थोपचार सुविधाबाट वञ्चित छन् । होटलमा वाल श्रमिक दर्दनाक कथा बोकेर बांचिरहेका छन् । तर, खोइ त त्यहां सरकारको आंखा पुगेको ? यसैले त, बाल दिवस मनाउदै गर्दा पनि कतिपय बालबालिकाले नेपालमा बाल श्रम शोषण अन्त्य नभएको टिप्पणी गरिरहेकाछन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बालबालिकाको अधिकार सुनिश्चित गराउन सरकार कटीबद्ध रहेको बताउंछन् । बाल श्रम शोषण न्युन हुदै गएको बताउदै मन्त्री पोखरेलले आगामी दिनमा श्रम शोषण अन्त्य गरेर बाल अधिकारको प्रत्याभुत गराउने दाबी गर्छन् ।

आजका बालबालिका भोलिका कर्णधार हुन । आजका बालबालिका हाम्रो देशको भविष्य हुन । उनीहरु आज जुन वातावरणमा हुर्केका छन्, जस्तो शिक्षादीक्षा, स्वास्थ्य सुविधा पाएका छन् त्यसले हाम्रो देशको भविष्य निर्धारण गर्छ । त्यसैले देशको सुन्दर भविष्यको लागि बालबालिकालाई माया गरौ । श्रम शोषणको अन्त्य गरौ । बालबालिकालाई अधिकार दिऊ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com