ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायातक्षेत्रमा सिन्डिकेट र दादागिरी : अग्रिम बुकिङ कहिले खुलाउने भन्ने नै अन्योल(भिडियोसहित)


एबीसी न्यूज

दशै आउन अब १ महिना पनि बाँकी नुहँदा पनि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छैन । अग्रिम बुकीङ खुल्ला नगरिदा दशै मान्न, जान आउन सर्वसाधारणलाई समस्या हुने देखिएको छ । यातायात व्यवसायीले भाडा वृद्धिको माग राखि बुकिङ खुल्ला नगर्दा सर्वसाधारण अन्यौलमा परेका हुन् ।

यस वर्षको वडा दशैँ आउन अब केवल महिना दिन मात्र बाँकी छ । असोज १२ बाट यस वर्षको दशै शुरु हुन्छ । दशैँमा काठमाडौ उपत्यकाबाट लाखौ मानिस बाहिरिन्छन् । अन्य चाडपर्व भन्दा दशै बढी महत्व हुने भएकोले दशैँ मान्न जाने चाप बढी हुन्छ । गत वर्षको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाबाट करिब २० लाख मानिस दशैँको बेला बाहिरिने गर्छन । यस्तो अवस्थामा काठमाडौँबाट बाहिरिन सर्वसावधारणलाई निकै सास्ती हुने गरेको छ । यातायातको साधनको अभाव, मनलाग्दी भाडा असुली लगायतले यात्रु वर्षेनी मारमा पर्दै आएका छन् । अघिल्ला वर्षहरुमा यतिखेर अग्रिम टिकट बुकिङ भइरहेको हुन्थे । तर यस वर्ष यातायात व्यवसायीले भाडा दर लगायतका कारण देखाउदै अग्रिम बुकिङ खुल्ला गरेका छैनन् । तर सरकारले यातायात व्यवसायीलाई अग्रिम बुकिङ खुल्ला गर्न निर्देशन गरिसकेको छ । व्यवसायीले भने विभिन्न कारणहरु देखाउँदै अग्रिम बुकिङ खुलाएका छैनन् ।सर्वसाधारणले अग्रिम बुकिङ छिटोभन्दा छिटो खुलाउन माग गरेका छन् ।

यसपल्ट यतिखेरसम्म अग्रिम बुकिङ खुल्ला हुन नसक्नुको कारण हो, यातायात व्यवसायीले भाडा वृद्धिको माग गरिरहेका छन् । वैकिङ क्षेत्रमा आएको तरलताको कारण अघिल्लो वर्षमा जस्तो बस सञ्चालन गर्न नसकेको उनीहरुको तर्क छ । सिमित सवारी साधनले एकतर्फी रुपमा यात्रु ओसार्नुपर्ने भएकोले भाडामा समायोजन हुनुपर्ने उनीहरुको शर्त हो । भाडा वृद्धि गर्न लागेको कुरा उनीहरु स्वीकार गर्न तयार छैनन् । यद्यपी मुल कुरा व्यवसायीले भाडा वृद्धि गर्न नपाएर सरकारलाई अप्ठ्यारो पारि घुडा टेकाउने नीति प्रष्ट भएको सहजै बुझ्न सकिन्छ ।

त्यसो त यातायात व्यवसायीले दशैँ तिहारजस्तो मुख्य चाडमा मात्रै भाडाको बखेडा झिक्ने गरेका छन् । यातायातको साधनको कृतिम अभाव खडा गरि यातायातक्षेत्रमा सिन्डिकेट र दादागिरी देखाउने गरेका छन् । यसमा सरकार आफैँ निरिह बनेको छ । सर्वसाधारणले जति भन्यो उति भाडा तिरेर यात्रा गर्नुपर्ने विवश छन् । हरेक वर्ष सरकारले अनुगमन गर्ने र दोषीलाई कारबाहि गर्ने भनिएपनि सरकारी आश्वासन आश्वासनमै सिमित छ । तर भाडा वृद्धि गर्ने विषय विभागको मात्रै अधिकार क्षेत्र नभएकोले यस वर्ष भाडा बढ्ने अथवा नबढ्ने भन्न नसकिने यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालको भनाइ छ ।

सर्वसाधारणले भने सरकार हरेक वर्ष भाडा निर्धारण र अनुगनमा चुक्ने गरेको भन्दै यसको प्रभावकारीतामा बेलैदेखि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । अग्रिम बुकिङ कहिले खुलाउने भन्नेमै अन्योलमा रहेको विभाग दशैतिहारमा यातायातका साधनले गर्ने ठगिलाई भने अनुगमन गर्ने विभागको आश्वासन छ । सारमा सरकारी कर्मचारी र यातायात व्यवासायीको मिलेमतोमा सर्वसाधारणलाई ढाड सेक्ने काम भएको छ । चाडबाड मुखैमा आएर यातायात व्यवसायीले अनेक बखेडा झिकेर सहज र सुलभ सेवा नदिनु भनेको राज्यलाई कमजोर देखाएर यातायातमा राज चलाउनु हो । सवल र स्थायी सरकारलाइ समेत अनेकन वाहानबाजीको बार्गेनिङ गरेर सडक कब्जा गर्नु कुनैपनि हालतमा स्विकार्य हुन सक्दैन । यसर्थ सरकारले वैज्ञानिक भाडादर निर्धारण गरि नियमित अनुगमन र कारबाही गर्दै सडकसेवालाई सहज सर्वसुलभ र व्यवस्थित बनाउन पहल गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com