ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव बेचविखन अन्त्यका लागि सरकार प्रतिबद्ध छ– गृहमन्त्री


एबीसी न्यूज
भाद्र २०, २०७६ शुक्रबार  ८ : २१ बजे

काठमाडौं, २० भदौ । गृहमन्त्री रामबहादुर थापाले विभिन्न बहानामा हुने मानव बेचविखनले राष्ट्र विकासमा बाधा पु¥याएकाले यसको अन्त्यका लागि सरकारले कडा कदम चाल्ने बताउनुभएको छ । तेह्रौँ मानव बेचविखनविरूद्धको दिवस समारोहमा उहाँले मानव बेचविखन राष्ट्र विकासविरूद्धको मुद्दा भएको र यसले मुलुकको विकासमा अवरोध पु¥याएको बताउनुभयो ।

“अहिले पनि रोजगारी वा विवाहको बहानामा भारत, चीन र कुवेतलगायत मुलुकमा मानव बेचविखन भइरहेको छ, यो समाजका लागि कलङ्क हो, यसलाई रोक्नु हामी सबैको भूमिका हुन्छ”, मन्त्री थापाले भन्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले मानव बेचविखन अन्त्यका लागि जोखिममा परेका समुदायको स्पष्ट पहिचान गर्ने काम गरिरहेको जानकारी दिनुभयो । “पछिल्लो समयमा मानव बेचविखन तथा ओसारपसारका आयाम र स्वरूपमा परिवर्तन भइरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय अपराधविरूद्ध सशक्त ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । गत वर्ष मानव बेचविखनविरूद्धको अपराधमा संलग्न दुई सय ५८ जनाविरूद्ध मुद्दा दर्ता भएको थियो ।

महिला, बालबालिका तथा सामाजिक समितिका सभापति निरुदेवी पालले मानव बेचविखन न्यूनीकरणका लागि संयुक्त सहकार्यको आवश्यकता रहेको बताउनुभयो । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्रराज खनालले प्रहरीले मानव बेचविखन जस्तो अपराध न्यूनीकरणका लागि मानव बेचविखनविरूद्धको शाखा नै गठन गरी सक्रियताका साथ काम गरिरहेको बताउनुभयो । महिला मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले मानवताविरूद्ध जघन्य अपराध नियन्त्रण गर्न मानव बेचविखन र ओसारपसार नियन्त्रण ऐन २०६४, को प्रभावकारी कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महिला मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भारत, म्यान्मा, कुवेत, साउदी अरब, थाइल्याण्डलगायत देशस्थित राजदूतावास र महावाणिज्य दूतावासबाट एक हजार ९९८ जनालाई नेपाल फर्काइएको थियो । श्रमको बढ्दो मागसँगै विश्वमा मानव बेचविखन तथा ओसारपसार पनि बढ्दै गएको छ । मन्त्रालयका अनुसार आर्थिक र सामाजिकरुपमा बहिष्कृत, विद्यालयबाट बाहिर रहेका, अशिक्षित, अन्य व्यक्तिको साथ नपाएका ९एकल० र बसाई स्थानान्तरण गरेका १८ वर्ष पुगेका किशोरी सबैभन्दा बढी बेचविखनको जोखिममा छन् ।

मानव बेचविखन तथा ओसारपसारविरूद्ध योगदान पु¥याएबापत सो अवसरमा गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा, प्रहरी सहायक निरीक्षक सुकु तामाङ र महिला खबर अनलाइनका गगनशीला खड्कालाई पुरस्कृत गरिएको छ । यसैगरी राष्ट्रिय समाचार समिति राससका सुशील दर्नाल, पत्रकार मायालु लामा, सिविस नेपाल संस्था र आफन्त नेपाल संस्थालाई समेत सम्मान गरिएको छ ।

सन् २००२ मा काठमाडौँमा सम्पन्न सार्कको ११औँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचविखनविरूद्ध सार्क महासन्धि २०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसद्बाट अनुमोदीत भएपछि सोही दिनको स्मरणमा प्रत्येक वर्ष भदौ २० मा नेपालमा मानव बेचविखनविरूद्धको राष्ट्रिय दिवस मनाउन थालिएको हो । ‘सरकारको प्रतिबद्धताः मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ मूल नारासहित आज देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको छ । आज मन्त्रालय र विभिन्न सङ्घसंस्थाले पदयात्राको समेत आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com