ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान छ– प्रचण्ड


एबीसी न्यूज
भाद्र १९, २०७६ बिहीबार  ४ : ३६ बजे

काठमाडौं, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ ।

सातै प्रदेशका प्रदेशसभा सदस्यसहित राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित समता फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले सो कुरा बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले नेपालको हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान रहेको चर्चा गर्दै “हामीले गरेको सङ्घर्षमा दलितहरूले सबैभन्दा बढी योगदान दिएका थिए, आन्दोलन नै उत्प्रेरित गर्ने खालको थियो” भन्नुभयो । उहाँले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमार्फत अधिकारका लागि एकीकृत सङ्घर्षको थालनी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका एवम् पूर्व प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले सरकारले उपेक्षित, उत्पिडित दलित वर्ग विकास समिति खारेज गर्नु जनविरोधी र दलितहित विपरीत हुने भन्दै गम्भीर आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो,“सामाजिक रूपान्तरणका सिलसिलामा जति काम गरियो धेरै गरे जस्तो लाग्छ तर विभेद्का घटना हेर्दा अझै गर्न बाँकी धेरै रहेछन्, अर्कातिर ती अधिकार र सुविधाहरु बढ्दै जानुपर्नेमा संविधानले दिएका अधिकार पनि खोसिएको देख्दा अत्यन्तै दुःख लागेको छ ।” संविधानमा उल्लेख गरिएको दलित समुदायको हक र त्यो धाराले सुनिश्चित गरेको दलितका अधिकार सरकारले कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्का पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले दलितमुक्ति आन्दोलन मानवमुक्ति आन्दोलन भएको दाबी गर्नुभयो । उहाँले सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायको अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । सो सम्मेलन शुक्रबारसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com