ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षाका लागि राष्ट्रिय परिचयपत्र चाहिन्छ– अध्यक्ष ‘प्रचण्ड’


एबीसी न्यूज

काठमाडौँ, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र सुरक्षा सबै दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन रणनैतिक महत्व रहेको बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय चितवनको आज जिल्ला प्रशासन कार्यालय परिषरमा उद्घाटन गर्दै उहाँले राष्ट्रिय परिचयपत्र आम नेपालीका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र नहुँदा नागरिकले समस्या झेल्नु परेको भन्दै उहाँले परिचयपत्र निर्माण गर्ने र वितरण गर्ने विषयमा दलहरु तथा सरकारका बीचमा पनि छलफल हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्ततः आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु भएको छ ।” ऐनका सम्बन्धमा प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पुगेकाले त्यहाँबाट पनि पारित हुने उहँले विश्वास दिलाउनुभयो । सो अवसरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले परिचयपत्रमा दिइने ‘दश अङ्क’ व्यक्तिको परिचय भएको जानकारी दिनुभयो । पाँचथरबाट शुरु भएको परिचयपत्र वितरणको कार्य दोस्रो चरणमा चितवनसहित १५ जिल्लामा लागू भएको र चालू आर्थिक वर्षमा नै देशभर लागू हुने उहाँले बताउनुभयो ।

प्रजिअ जितेन्द्र बस्नेतले असार महीनाबाट परिचयपत्र निर्माणको काम शुरु भएको जानकारी दिनुभयो । कार्यालयको उद्घाटनपछि पूर्वप्रधानमन्त्री दाहालले समेत परिचयपत्रका लागि तस्वीर खिचाउने, बायोमेट्रिक गर्ने, आफ्नो विवरण कम्प्युटरमा दर्ता गर्ने काम गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com