ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालत विराटनगरमा दुई हजार मुद्दा फछ्र्योट


एबीसी न्यूज

काठमाडौं, १७ भदौ  । उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ४८२ थान मुद्दा फछ्र्योट गरेका छ । अदालतले गत आवमा दर्ता भएका तीन हजार ४६८ र जिम्मेवारी सरेका ९५६ गरी जम्मा चार हजार ४२४ मुद्दामा ५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिनुभयो ।

मुद्दा फछ्र्योट हुन बाँकी रहेका मुद्दामा दुई वर्ष नाघेका २१, १८ महिनादेखि दुई वर्षभित्रका ५३, एक वर्षदेखि १८ महिनासम्मका ११०, नौ महिनादेखि एक वर्षभित्रका ३५५ र नौ महिनाभित्रका एक हजार ४०३ थान रहेका छन् ।

अदालतले गत आर्थिक वर्षमा दुई हजार २८५ मुद्दा दर्ता हुने अनुमान गरेकोमा एक हजार १८३ मुद्दा बढी दर्ता भएको फछ्र्योटको प्रतिशतमा कमी आएको जनाएको छ । यसरी दर्ता भएका मुद्दामा सबैभन्दा बढी सम्पत्तिसम्बन्धी लेनलेनदेनका ९२९, लागू औषधका ४१३, मेलमिलापमा ३९८, महिला पक्षका ३९२, ज्यानसम्बन्धी ३१०, करणीसम्बन्धी २६१, लिखतसम्बन्धी कसूरका २२४, चोरी तथा डकैती २०२, मोहीसम्बन्धी २५३ र बहुविवाहसम्बन्धी ७४ थानलगायतका मुद्दा दर्ता भएका थिए ।

अदालतले चालु आर्थिक वर्ष २०७६/७७ मा नयाँ मुद्दा दुई हजार ८४९ र गत आर्थिक वर्षको जिम्मेवारी सरेको एक हजार ९४२ गते कूल चार हजार ७९० मा तीन हजार ३६६ फछ्र्योट गर्ने लक्ष्य लिएको छ । यसरी फछ्र्योट गरिने मुद्दामा प्रतिइजलास ६७४ मुद्दा रहने रजिष्ट्रार कट्टेलले जानकारी दिनुभयो । अदालतले आव २०७३/७४ मा तीन हजार ८३५ मुद्दा दर्ता भएकोमा दुई हजार ३९१ अर्थात ५६ं७३ प्रतिशत फछ्र्योट भएको थियो ।

यस्तै आव २०७४/७५ मा तीन हजार ३५२ मुद्दा दर्तामध्ये दुई हजार ३९६ अर्थात ७१.४७ प्रतिशत फछ्र्योट भएको रजिष्ट्रार कट्टेलले बताउनुभयो । विराटनगरस्थित उच्च अदालतको कार्यक्षत्र मोरङ र सुनसरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com