ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डकैती गर्ने सात जना पक्राउ


एबीसी न्यूज
भाद्र १२, २०७६ बिहीबार  ६ : ३६ बजे

काठमाडौं, १२ भदौ । विभिन्न ठाउँमा डकैती गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पक्राउ पर्ने भारत विहार राज्य, जिल्ला मधुवनी, थाना बेनीपट्टि कटैया ग्रामपञ्चायत बरहा बस्ने ३५ वर्षीय धमेन्द्र कामत, सोही ठाउँका ३२ वर्षीय लक्ष्मण गुप्ता, ४४ वर्षीय मो मोतिउर रहमान, रौतहट गौर नगरपालिका–३ हाल विराटनगर पोखरीय टोल बस्ने ४१ वर्षीय मो मोहिज धुनियाँ, गौरकै हाल पोखरीय बस्ने ५० वर्षीय बलराम क्षेत्री, जिल्ला सर्लाही साविक त्रिभुवन गाविस–७ बस्ने हाल ब्रह्मपुरी गाउँपालिका–४ बस्ने ५२ वर्षीय सेख मो सलिफ र सोही स्थानका ४६ वर्षीय शेख अलि असगरलाई सार्वजनिक गरेको छ ।

घटनामा संलग्न मानिसले विराटनगर महानगरपालिका–२ शनिहातमा रहेको पञ्चकन्या ट्रेड लिंकमा गत साउन २३ गते सटर फुटाएर रु पाँच लाख ९५ हजार, शनिहाटकै गणनायक मार्केटिङ हाउसमा साउन २३ गते रु चार लाख, वडा नं ७ कटमाहा कृषि सहकारी संस्था लिमिटेडमा यही भदौ १ गते सटर फुटाई रु चार लाख ९५ हजार र वडा नं ७ माँ भवानी इन्टरप्राइजेजमा यही भदौ १० गते सटर फुटाई रु छ लाख लुटेको विवरण पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

घटनामा संलग्न मानिससँग प्रहरीले सात थान मोबाइल, नगद रु १२ हजार ८५० र भारतीय रकम ११ हजार ४१०, बीआर ३२ पिए२८३६ नम्बरको स्करपियो गाडी, नेपाली सिमकार्ड एक थान, भारतीय सिमकार्ड नौ थान, फलाम काट्न प्रयोग हुने कटर एक थान, कम्ब्याट प्यान्टस् तथा हाफप्यान्टस् एक÷एक थान, गम्छा सात थान, तन्ना दुई थान, तौलिया दुई थान, झोला चार थान बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com