ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस र मानव अधिकारमाथि अङ्कुश लगाउन खोजियो– देउवा


एबीसी न्यूज

काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले विभिन्न विधेयक ल्याएर स्वतन्त्र प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन र अन्तरराष्ट्रिय पत्रकार महासङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यशाला गोष्ठीको उद्घाटनमा उहाँले स्वतन्त्र प्रेस र मानवाधिकारमाथि अङ्कुश लागे नागरिक अधिकार कुण्ठित हुने बताउनुभयो ।

सभापति देउवाले आफ्नो पार्टी लोकतन्त्रको रक्षाका लागि स्थापना भएको उल्लेख गर्दै विगतदेखि नै लोकतन्त्रको रक्षाका लागि विभिन्न लडाइँ लडेको र अब पनि यसमा सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा कांँग्रेस नेता डा मीनेन्द्र रिजालले मिडिया काउन्सिल, सूचना प्रविधि, विज्ञापन नियमन, मानवाधिकार र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक तथा कानूनका केही व्यवस्था संविधानको भावना र मर्मविपरीत भएको आरोप लगाउनुभयो ।

अन्तरराष्ट्रिय पत्रकार महासङ्घका एशिया प्रशान्त क्षेत्रीय निर्देशक जेन वर्थिङ्टन, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष बाला अधिकारीलगायतले पछिल्लो समयमा प्रेसमा देखिएका चुनौती र युनियनजस्ता संस्थाको भूमिकाका बारेमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com