ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भागेका अभियुक्त १० घण्टा नबित्दै पक्राउ


एबीसी न्यूज
भाद्र १०, २०७६ मंगलबार  ८ : ०५ बजे

काठमाडौं, १० भदौ । मोटरसाइकल चोरी मुद्दामा रुपन्देहीमा पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ ल्याउने क्रममा थानकोटबाट भागेका दुई अभियुक्तलाई प्रहरीले १० घण्टा नबित्दै आज पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका रामेछाप लिखु–तामाकोशी गाउँपालिका–१ घर भई काठमाडौँको टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरीद गर्ने भीमबहादुर सुनार आज बिहान ४ः३० बजेको समयमा भागेका थिए ।

सो जानकारी आएलगत्तै खटिएको प्रहरी टोलीले दुवैलाई थानकोट क्षेत्रबाटै अपराह्न १ बजे पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । उनीहरूलाई भदौ ७ गते इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धानका लागि चोरी भएको स्थान महानगरीय प्रहरी वृत्त स्वयम्भू ल्याउने क्रममा उनीहरु बिहान भागेका थिए । उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू पठाइएको राठौरले जानकारी दिनुभयो । नेपालीले भदौ ४ गते काठमाडौँ नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट प्रकाश तामाङको नाममा रहेको लु५२प ८५०५ नम्बरको मोटरसाइकल चोरी गरी फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com