ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासका लागि सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्छ– उपप्रधानमन्त्री यादव


एबीसी न्यूज
भाद्र १०, २०७६ मंगलबार  ४ : ३८ बजे

काठमाडौं, १० भदौ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशमा रहेको सातवटै प्रदेशमध्ये प्रदेश नं २ अतिपिछडिएकाले यसको विकासतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

वीरगञ्ज महानगरपालिका– १५ मा नवनिर्मित बस टर्मिनल भवनको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रदेश नं २ को विकास र समृद्धिका लागि तिन वटै तहका सरकार, निजी क्षेत्र र सरोकारवाला सबै पक्ष सहयोग, समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्दछ ।”

उपप्रधानमन्त्री यादवले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्रीय अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले रु एक अर्ब ५७ करोड रकम विनियोजन गरेको उल्लेख गर्दै कुनै पनि नेपाली नागरिक बिरामीबाट नमरुन भनेर सङ्घीय सरकारले प्रत्येक गाउँमा एक अस्पताल, प्रत्येक वडामा एक स्वास्थ्यचौकी, शहरमा सुविधा सम्पन्न अस्पताल तथा महानगरस्तरीय अस्पताल बनाउने सोचका साथ अगाडि बढीरहेको धारणा व्यक्त गर्नुभयो ।

अहिले मुलुकमा विभिन्न स्तरबाट सङ्घीयता र गणतन्त्रमाथि ग्रहण लगाउने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले सङ्घीयतालाई सबल, सदृढ र संस्थागत विकासका लागि सबैको प्रयास आवश्यक रहेको बताउनुभयो ।

शहरी विकासमन्त्री महम्द इस्तिहाक राइनले वीरगञ्जको समग्र विकासका लागि सङ्घीय सरकार पर्याप्त मात्रामा बजेट विनियोजन गरिएकाले यसको इमान्दारीपूर्वक सदुपयोग गर्नुपर्नेमा जोड दिदैं पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाँच वटा ठूला तथा सुविधासम्पन्न अस्पताल बनाउने सोचका साथ सङ्घीय सरकार अगाडि बढेको छ भन्नुभयो ।

उहाँले संविधान संशोधनको मुद्दा लिएर समाजवादी पार्टी सरकारका सामिल भएकाले यसप्रति पार्टीले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मानवीय विकास सूचकाङ्कमा प्रदेश नं २ कर्णाली प्रदेशभन्दा पनि पछाडि रहेको बताउँदै प्रदेशको समग्र विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको छ भन्नुभयो ।

मुलुकमा रहेको तीन वटै तहका सरकारबीचको समन्वय र सहकार्यले नै वीरगञ्जको विकास हुने बताउँदै उहाँले आगामी तीन वर्षभित्र प्रदेश नं। २ सरकारले तीन हजार युवालाई रोजगार दिएर आत्मनिर्भर बनाउने लक्ष्य लिएको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com