ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता, ९२ % जनसंख्यालाई खानेपानी पु-याइने


एबीसी न्यूज
भाद्र ९, २०७६ सोमबार   ५ : ५२   बजे

काठमाडौं । आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नका लागि खानेपानी मन्त्री बिना मगर र सचिव माधव बेल्वासेबीच सोमबार कार्य सम्पादन सम्झौता भएको छ ।

मन्त्रालयको सभाहल सिंहदरबारमा सोमबार सम्पन्न भएको सम्झौता कार्यक्रममा खानेपानी मन्त्रालयसँग सम्बन्धित योजनाहरु आर्थिक वर्ष २०७६।०७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । मन्त्री मगर र सचिव बेल्वासेले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
सरकारको नीति तथा कार्यक्रममा आधारभूतस्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शत प्रतिशत जनसंख्याको पहुँचमा पु-याइने उल्लेख छ । त्यस्तै निर्माणधीन खानेपानी आयोजनाहरु सम्पन्न गरी तराईका जिल्लाहरुमा आर्सेनिक मुक्त सुरक्षित खानेपानी उपलब्ध गराइने नीति तथा कार्यक्रममा भनिएको छ । सरकारले लिएका यी लक्ष्यहरु पुरा गर्न मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको हो ।

सम्झौतामा उल्लेख भए अनुसार ९८ वटा भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरुको पुनर्निर्माण गर्ने, १३ सय ६८ वटा आयोजनाहरुको खानेपानी सेवा विस्तार तथा पुनस्थापना गर्ने, १५ वटा क्रमागत तथा ४१ वटा नयाँ गुणस्तर सुधारका आयोजनाहरुको कार्यान्वयन गर्ने र थोक वितरण प्रणाली तथा जलाशययुक्त सम्भाव्य आयोजनाहरुको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन कार्य यसै चालु आर्थिक वर्षभित्र गर्ने बताइएको छ ।

त्यस्तै २३ वटा नगर क्षेत्र (जस्तै पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, भद्रपुर, धरान, वीरगञ्ज, भैरहवा र धनगढी लगायत अन्य क्षेत्र) को लागि खानेपानी सुधार कार्य गर्ने हस्ताक्षरित सम्झौतामा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६।०७७ मा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने उल्लेख भएकाले चालु आर्थिक वर्षभित्रमा मेलम्चीको पानी पथान्तरण गरिसक्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ । त्यसैगरी नेपाललाई खुला दिसा मुक्त राष्ट्र बनाई पूर्ण सरसफाइ अभियानलाई देशैभरि अगाडि बढाउने मन्त्रालयको प्रतिबद्धता छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले यो सम्झौता जनतासँग गरिएको प्रतिबद्धता भएको बताउनुभयो । ‘यो सम्झौता जनताका अगाडि यो यो काम गर्छु भनेर गरिएको प्रतिबद्धता हो, उहाँले भन्नुभयो, ‘ हामीले चालु आर्थिक वर्षभित्र धेरै काम सम्पन्न गरेर देखाउनुपर्ने चुनौति छ । त्यसैले मन्त्री र सचिवले मात्रै नभई सबैले आत्मसात् गरी सरकारको कार्यक्रम योजनाहरु कार्यान्वयन गर्न तिर लागौं ।’

सचिव बेल्वासेले नीति तथा कार्यक्रम र बजेटले लिएका लक्ष्यहरु पुरा गर्ने तर्फ लाग्न सबैको साथ सहयोग जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group