ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न माग


एबीसी न्यूज
भाद्र ९, २०७६ सोमबार  १ : ३५ बजे

काठमाडौं, ९ भदौ । प्रगतिशील पत्रकार सङ्घ, नेपालले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । रुपन्देहीको तिलोत्तमा र बुटवलमा दुई दिनसम्म बसेको बैठकका निर्णय आज विज्ञप्तिमार्फत जानकारी गराउँदै सङ्घका अध्यक्ष नारायण शर्माले बैठकले सरकारले सरोकारवाला पक्षसँग छलफल गरेर मात्र प्रेससम्बन्धी विधेयक अगाडि बढाउन माग गरी नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सञ्चालन गरेका आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा न्यूज २४ को कार्यालयमै गएर कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई पक्राउ गर्ने प्रहरीको कार्यशैली ठीक नभएको बैठकले ठहर गरेको छ । घटनाको निष्पक्ष र न्यायिक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै कुनै आग्रह र पूर्वाग्रह नराखी घटनाका दोषी नउम्किने र निर्दोष फस्न नहुने गरी निष्पक्षरुपमा अनुसन्धान गर्न आग्रह गरिएको छ ।

बैठकले प्रगतिशील पत्रकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलन आगामी २०७७ जेठभित्र सम्पन्न गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै राष्ट्रिय सम्मेलनलाई लक्ष्य गरी चैतसम्म देशव्यापी सङ्गठनात्मक अभियान सञ्चालन गर्ने र आगामी असोज मसान्तभित्र सबै जिल्लाको भेला र सम्मेलनको मिति तय गर्ने निर्णय गरिएको छ ।यसैगरी रुपन्देहीका पत्रकार डायलसन अधिकारीको सडक दुर्घटनामा परी भएको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com