ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हराउँदै तीजको मौलिकता


एबीसी न्यूज
भाद्र ८, २०७६ आईतबार  १ : ५४ बजे

बाँके, ८ भदौ । नेपाली नारीको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको स्वयं महिलाले नै गुनासो गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–५ की मनकुमारी शाहीले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्नुहुन्छ, “म सानो छँदा गाउँघरमा दिदीबहिनी भेला भएर मादलको तालमा छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झना छ ।”

विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उहाँको भनाइ छ । मनकुमारी सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झदै भन्नुहुन्छ, “खै आजभोलि त हामीले मनाउने तीज, तीजजस्तै लाग्दैन, तीजमा उच्छृङ्खल, तडकभडक र देखासिकी धेरै छ ।”

दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कारअनुसारको नेपाली मौलिकपन नहँुदा मनकुमारी मात्र होइन नयाँ पिँढीका महिला पनि चिन्तित छन् । बर्दिया घर भई हाल नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत छायाँ खड्का पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हावी भएको दाबी गर्नुहुन्छ ।

सानोमा दर खान पाइन्छ भनेर नै तीजको व्रत बस्ने गरेको बताउँदै छायाँले भन्नुभयो, “तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने थलो भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।” नेपालगञ्ज–१ की अनिता बोहोरा पनि तीज मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पु¥याउने खालका उच्शृङ्खल गीतको नियन्त्रण गर्नुपर्ने बताउनुहुन्छ ।

“चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ”, उहाँले भन्नुभयो । बाँके कोहलपुरका विकास शाहीको सोच भने अलि फरक छ । उहाँ भन्नुहुन्छ, “तीज जस्तो पर्वमा महिलालाई मात्र होइन पुरुषलाई पनि सार्वजनिक बिदा दिनसके सबै परिवार बसेर मनाउनुको रौनक बेग्लै हुन्छ ।”

महिला दिदीबहिनीले आफ्नै वेषभूषामा सजिएर तीज पर्व मनाउनसके संस्कृतिको संरक्षण हुने विकासको धारणा छ । परम्परादेखि तीज पर्वलाई रमाइलो गरी नारीको मनाउँदै आएकाले यो पर्व नेपाली दिदीबहिनीका लागि महत्वपूर्ण मानिन्छ । बाँके वनकटवाकी सुनिता थापा पनि तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ । तीज आउनु एक महीनाअघिदेखि गाउँघरतिर एकै ठाउँमा जम्मा भई मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउने गर्दथे । पछिल्लो समययता तीज पर्वको मौलिकपन हराउँदै गइरहेको छ ।”

सुनिताले तीज पर्वलाई रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराको गीत नृत्यभन्दा धेरै महिला टिभी सिरियलप्रति आकर्षित भएको बताउनुभयो । बाँके चिसापानीकी सरिता विक पनि नेपाली नारीका लागि तीज पर्वको महत्व रहेको बताउनुहुन्छ । तीज मनाउन अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउनका लागि अघि बढ्नुपर्ने उहाँको तर्क छ ।

“महिलाले तीज मनाउन पश्चिमा संस्कृति छोड्नुपर्ने बताउनुहुन्छ, बाँके बागेश्वरीकी नविना सापकोटा”, उहाँ भन्नुहुन्छ, “आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । यसले नेपाली संस्कृतिको पहिचान नै हराउने त होइन भन्ने डर पनि उत्तिकै छ ।”

तीजमा विवाहिता महिला आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई व्रत बस्ने गर्दछन् भने अविवाहिता महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको बताउनुहुन्छ, बाँके चिसापानीकी पवित्रा परियार । विगतमा महिलाहरुले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे ।

उहाँ भन्नुहुन्छ, “आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्तौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिकी गर्नु हुँदैन ।” पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व नमेटियोस् भनेर सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com