ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा अनुशासन र एकता नै नेपालको पहिचान हो– ‘प्रचण्ड’


एबीसी न्यूज

 


काठमाडौं,६ भदौ  । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अनुशासन र एकता नै नेपालको पहिचान भएको बताउनुभएको छ ।

प्रोग्रेसिभ इञ्जिनीयरीङ एशोसिएशन नेपाल पिनले ललितपुरको जाउलाखेलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले नेपालको निरङ्कुश राजतन्त्र र सामन्ती व्यवस्थाको अन्त्यका लागि कुनै एउटा पार्टीले मात्र गरेको आन्दोलनले नभई सम्पूर्ण नेपालीको बलिदानीबाट भएको बताउनुभयो । उहाँले राजतन्त्र तथा सामन्तवादको अन्त्यका लागि नेपालमा कम्युनिष्टहरुको आन्दोलन नै महत्वपूर्ण रहेको र कम्यनिष्टको नेतृत्वले नै बुर्जुवा, सामन्त तथा राजतन्त्रको अन्त्य गर्न सफल भएको बताउनुभयो ।

पहिलो तथा दोस्रो विश्वयुद्धसँगै समाजवादको यात्रा शुरु भएको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्व तथा नेपालमा रहेको वर्ग सङ्घर्षलाई सार्थकतामा पु¥याउने जिम्मा नेकपाको काँधमा रहेको बताउनुभयो । उहाँले भारतीय कम्युनिष्ट पार्टीको जस्तो गल्तीलाई दोहोरिन नदिएर नै नेपालमा कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पूर्वी युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र सङ्घर्ष गरेर सत्ता उल्टिएको होइन, कम्युनिष्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन्, हामीकहाँ पनि यसो हेर्दा लक्षण चाहिँ त्यस्तै देखिएको छ ।” यद्यपि त्यस्तो परिघटना दोहोरिन नदिने र निरन्तर जनतामा जाने वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक उपाय के हुन्छन् भनेर आफूहरु बहसमा रहेको अध्यक्ष दाहालले बताउनुभयो ।

देशको विकास र समृद्धिलाई वैज्ञानिक तवरले अघि बढाउन इञ्जिनीयरहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै अध्यक्षले मनोवादका विरुद्ध वस्तुगत कुराको हाबी गराउँदै नेपालमा वैज्ञानिकता लागू गराउन इञ्जिनीयरहरुको योगदान अपरिहार्य रहेको औँल्याउनुभयो ।

कार्यक्रममा नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डेले ‘समाजवाद : वर्गसम्बन्ध, उत्पादन सम्बन्ध र उत्पादन शक्ति’ को विषयमा प्रशिक्षण दिनुभयो । त्यस्तै ‘नेकपाको वैदेशिक नीति’ का बारेमा नेता डा राजन भट्टराई, ‘नेकपाको राजनीतिक कार्यदिशा र रणनीति’ को बारेमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, ‘माक्र्सवादी दर्शन, व्यवहार र आचरण’ को बारेमा नेता युवराज ज्ञवाली, ‘समृद्धि र पूर्वाधार निर्माण’ सम्बन्धमा नेता देवप्रसाद गुरुङले प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा नेपाल इञ्जिनीयरिङ एशोसिएशनका अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्य, शम्भुबाबु श्रेष्ठ, प्रशिक्षण विभागका प्रमुख केशवराज विष्ट, छवि अधिकारीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com