ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय– उपप्रधानमन्त्री यादव


एबीसी न्यूज
भाद्र ६, २०७६ शुक्रबार  १ : २१ बजे

काठमाडौं,६ भदौ  । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन सरकारले उच्च प्राथमिता दिएको बताउनुभएको छ ।

“स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ”, उहाँले भन्नुभयो । सेवाको गुणस्तरीय पुहँच पुग्न नसकेका स्थानबाट सरकारले गर्भवती÷सुत्केरी आमालाई हवाई उद्धारको व्यवस्था मिलाएको छ । हालसम्म ३२ महिलाको उद्धार गरिएको छ ।

प्रजनन सेवा र शिक्षाको केन्द्रीय अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६०आँै वार्षिकोत्सवका अवरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाइने बताउनुभयो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन कार्यान्वयन गर्न नियमावली तयार भएको जानकारी दिँदै उहाँले प्रजनन सेवा र शिक्षाको केन्द्रीय अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई थप सहयोग गरिने आवश्वासनसमेत दिनुभयो ।

उहाँले स्त्रीरोग विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने चिकित्सक रक्षा पराजुलीलाई पदक तथा अस्पतालमा लामो समय कार्यरत चिकित्सक र नर्सलाई सम्मान गर्नुभएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलले अस्पतालका श्यया थप गर्नुभन्दा शहरी क्षेत्रमा अस्पतालले आफ्ना सेवा विस्तार गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति प्राडा डिएन साहले न्याम्स र अस्पताल बीचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

शल्यक्रियाका माध्यमबाट सुत्केरी हुनेको सङ्ख्या बढ्दो

विसं २०१६ मा आजकै दिन ४० श्ययाबाट अस्पतालको सेवा शुरु भएको अस्पतालको श्यया विस्तार हुँदै जाँदा हाल ४८९ पुगेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा जागेश्वर गौतमले अस्पतालमा दैनिक ६६ महिला सुत्केरी हुने गरेका जानकारी गराउनुभयो । ती सुत्केरी हुने महिलामध्ये २१ जनाको शल्यक्रिया ९सिजरियन सेक्शन० बाट हुने गर्दछ ।

पछिल्लो समय अस्पतालमा नै सिजरियन सेक्शनबाट बच्चा जन्माउनेको सङ्ख्या वृद्धि भइराखेको छ । अस्पतालले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अस्पतालमा कूल ३० हजार ६२७ महिला भर्ना भएकामध्ये २४ हजार १४७ ले बच्चा जन्माएका थिए ।

अर्कोतर्फ अस्पतालले न्याम्ससितको सहकार्यमा प्रसूति तथा स्त्रीरोग विषयमा स्नातकोत्तर तहमा एमडी÷एमएस को अध्यापनसमेत शुरु गरेको छ । विगत दुई वर्षदेखि अस्पतालले परोपकार नर्सिङ कलेज सञ्चालन गर्दै आएको छ । अस्पतालले सञ्चालन गरेको सुरक्षित गर्भपतन सेवाबाट गत वर्ष एक हजार २६६ महिलाले सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com