ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिङ्कर अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्ग बनाउनुपर्छ– परराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज

काठमाडौं, ५  भदौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाबाट तिब्बत जोड्ने तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गर्ने तयारी गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडुकोतर्फबाट अतहरकमाल मुसलमानले मित्रराष्ट्र चीनको तिब्बत जोड्ने दार्चुलाको तिङ्कर नाका स्वदेशी, विदेशी व्यापारी एवं पर्यटकका लागि खुला गर्न किन ढिलाइ भइरहेको छ भनी राख्नुभएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले सरकारले सीमापार ‘कनेक्टिभिटी’ मुख्य प्राथमिकतामा राखेको बताउनुभयो ।
उत्तर दक्षिण जोड्ने नाकालाई विस्तार गर्न लागिएको जानकारीसमेत मन्त्री ज्ञवालीले दिनुभयो । चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने अन्य नाका पनि क्रमश : खुला हुँदै गएको उल्लेख गर्नुहुँदै उहाँले चीनसँग यातायात प्रोटोकलमा हस्ताक्षर भइसकेको स्मरण गराउनुभयो ।

विप्रेषण ९रेमिटेन्स० बाट देश अघि बढ्न नसक्ने उल्लेख गर्नुहुँदै मन्त्री ज्ञवालीले वैदेशिक रोजगारमा जानेलाई रोक्न प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याई देशभित्रै रोजगारी सिर्जना गर्न शुरु गरिएको बताउनुभयो । भारतीय सेनाबाट सेवा निवृत्त भएका नेपालीलाई भारतीयसरह सेवासुविधा दिलाउन सरकारले पहल गर्ने उहाँको प्रतिबद्धता थियो । न्याय, समानता र निष्पक्षताका आधारमा भारत र बेलायतबाट सेवानिवृत्त सैनिकका लागि सेवा सुविधा दिन माग गर्दै यसअघि कमल थापा र डा प्रकाशशरण महत मन्त्री हुँदा पनि पहल भएको स्मरण पनि मन्त्री ज्ञवालीले गर्नुभयो ।

सांसदहरुको पूरक प्रश्नको उत्तरमा उहाँले सरकारले बेलायतमा कार्यरत पूर्वगोरखा सैनिकका समस्या समाधानमा आलटाल नगरी प्रधानमन्त्रीकै तहबाट पनि यस विषयमा पहल भइहरेको बताउनुभयो । “राजदूतको तलब विशिष्ट श्रेणीका कर्मचारीको सरह हुने व्यवस्था छ, वैदेशिक भत्ता पनि सरकारले तोकेबमोजिम अर्थ मन्त्रालयसँगको सहमतिमा निर्धारण गर्ने गरिएको छ”, मन्त्री ज्ञवालीले भन्नुभयो ।

सांसद प्रेम सुवालले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता तथा स्वाभिमानलाई अक्षुण्णरुपमा राख्नका लागि जन आन्दोलनदेखिनै गोरखा भर्ती केन्द्र बन्द गर्नुपर्ने तथा भारतसँग भएका असमान सन्धि खारेज गर्नुपर्ने भनी भएको मागका सम्बन्धमा के भइरहेको छ भन्ने जिज्ञासा राख्नुभएको थियो । यसैगरी सांसद खगराज अधिकारीले ब्रिटिस र भारतीय सेनामा कार्यरत भूतपूर्व गोरखा सैनिक र वर्तमान गोरखा रेजिमेन्ट सकल दर्जालाई ती मुलुकका सेना सरह समान सुविधा, तलब र भत्ताको व्यवस्था मिलाउन नेपाल सरकारले के पहल गरेको छ भन्ने प्रश्न राख्नुभएको थियो ।

सांसद उमा रेग्मीले विदेशमा काम गर्न गएका कतिपय नेपाली लाश बनेर फर्काइने तथा कतिपय जेलमा नारकीय जीवनयापन गर्न बाध्य हुने गरेकामा सरकारले के कस्ता कूटनीतिक प्रयास गरेको छ भन्ने जिज्ञासा राख्नुभएको थियो । सांसद पुष्पा भुसालले भारत, चीन र अमेरिकाका लागि नेपालको प्रतिनिधि भई जाने राजदूतको तलब, सुविधा के आधारमा निर्धारण गरिएको त्यसका कारण र औचित्यता एवं कानूनी आधार पुष्टि गर्न माग गर्नुभएको थियो । सांसदहरु रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, पुष्पा भुसाल, पम्फा भुसाल, डा मीनेन्द्रप्रसाद रिजाल र अतहर कमाल मुसलमानले मन्त्री ज्ञवालीसँग पूरक प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com