ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता


एबीसी न्यूज
भाद्र ५, २०७६ बिहीबार  ३ : ३७ बजे

चीन, ५  भदौ  । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ ।

स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु ३५ जना बेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ । बुधबारसम्म यस घटनामा परी २६ बेपत्ता भएका थिए । देशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबारबाट मुसलधारे वर्षा शुरु भएको अधिकारीहरूले जनाएका छन् ।

बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि शुरु भएको प्राकृतिक प्रकोपबाट अन्य छ जना घाइते भएका थिए भने, एक लाखभन्दा बढी विस्थापित भएका थिए । विस्थापित भएकाहरूलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरूले जनाएका छन् ।प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरूलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरू पु¥याउदै गरेको जनाएको छ ।

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि वेन्चाउ क्षेत्रमा अलपत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै अड्किएका पनि अधिकारीले जनाएका छन् । स्थानीय अधिकारीहरूले अप्ठ्यारोमा परेका पर्यटकहरूको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन् ।अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलगायत राहत वितरण कार्य जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com