ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्लाकै नमूना विद्यालय जसले कमाउँछ वार्षिक दुई लाख


एबीसी न्यूज
भाद्र ५, २०७६ बिहीबार  ३ : १९ बजे

काठमाडौं, ५  भदौ  । जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ । विद्यालयको आफ्नै स्याउ बगैँचा, प्रशस्त जग्गा रहेको प्राविधिक शिक्षा पढाई हुने महादेव माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय हो ।

कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा सङ्काय र सिटिइभिटीको १८ महीने कृषि जेटिए र तीनवर्षे प्लान्ट साइन्स अध्यापन गराउँदै आएको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना तथा आर्थिक हिसाबले पनि सवल विद्यालयका रुपमा परिचित रहेको छ ।

विद्यालयमा २० जनाका शिक्षक कर्मचारीको दरबन्दी भए पनि विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक नरदीप शाहीले बताउनुभयो । “विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेका छन्”, उहाँले भन्नुभयो, “१५ जना शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट व्यवस्था गरेका छौँ ।”

विद्यालय स्याउ घाँस बेच्छ

विद्यालयका करीब तीन हेक्टर जमीनमा स्याउको बगैँचा बनाइएको छ । स्याउ र घाँस बेचेर वार्षिक एक लाखसम्म आम्दानी विद्यालय गर्ने गरेको छ । विद्यालयमा स्याउ बगैँचा र स्याउबाट जाम बनाउने गरिएको र वर्षेनी घाँस बेचेर थप ४०÷४५ हजार आम्दानी गरेको शिक्षक नवीन हमालले बताउनुभयो । “हामीले स्याउ तथा घाँस बेचेर पैसा कमाउने गरेको छ”, उहाँले भन्नुभयो, “हामीले बगैँचा हेरचार बगैँचा विद्यालयका शिक्षक र विद्यार्थीबाट हुने गरेको छ ।”

विद्यालयका नाममा रहेको खेतीयोग्य जमीन भाडा स्थानीयलाई दिएको र स्थानीयले त्यो जमीनमा आलु र खाद्यबाली उत्पादन गर्ने गरेको शिक्षक हमालले बताउनुभयो ।

प्राविधिक क्षेत्रमा विद्यार्थीको आकर्षण

महादेव माध्यमिक विद्यालयमा कृषि प्राविधिकतर्फको १८ महीने कार्यक्रममा दैलेख, कालिकोट, जुम्ला, हुम्ला, डोल्पाका विद्यार्थीले शिक्षा लिइरहेका र तीनवर्षे कृषि जेटिएमा जुम्ला र कालिकोटका विद्यार्थी बढी रहेको प्रधानाध्यापक नरदीप शाहीले बताउनुभयो । “हिमाली जिल्लाका विद्यार्थीको प्राविधिक शिक्षामा निकै आक्रर्षण रहेको छ”, उहाँले भन्नुभयोे, “यी जिल्लाबाहेक केही विद्यार्थी हुम्ला र मुगुबाट प्राविधिक शिक्षामा पढ्न आएका छन् ।”

विद्यालयमा प्राविधिक शिक्षा पढ्न आउनेलाई विद्यालयको आफ्नै होस्टेलमा राख्ने गरिएको छ । विद्यालयमा पढ्न आउनका लागि होस्टेल निःशुल्क व्यवस्था गरिएको छात्रवृत्ति दिएर १८ महीने जेटिए पढिरहेकी जुम्ला तिला गाउँपालिका पोख्रीकी सरिताकुमारी रोकाया बताउनुभयो । “होस्टेल घरजस्तो छ । शिक्षक अभिभावक जस्ता”, उहाँले भन्नुभयो, “होस्टेलमा निःशुल्क बस्ने व्यवस्था छ ।”

प्रधानाध्यापक नरदीप शाही विद्यार्थीसँगै विद्यालयमा होस्टेलमा बस्ने गरेका छन् । उनी विद्यालयमा २४ घण्टा भेटिने गर्नुहुन्छ । काम विशेषले बाहिर गएमात्र नत्र भने हेडसर २४ घण्टा विद्यालयमा भेटिने गरेको तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताउनुभयो । हेड सरकै मेहनतले विद्यालय राम्रो हुन सकेको वडाध्यक्ष शाहीले बताउनुभयो । “विद्यालयमा यो अवस्था आउनुमा हेडसरको प्रमुख भूमिका छ”, उहाँले भन्नुभयो, “उहाँकै कारणले यो विद्यालयको मुहार फेरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com