ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविको उपकुलपति रिक्त, त्रिवि भिजन उपलब्धि– खनियाँ


एबीसी न्यूज

काठमाडौं, ५  भदौ  । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति डा तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताउनुभएको छ ।

त्रिविले राष्ट्रिय सम्मेलन गरी ‘त्रिवि भिजन २०२०–२०३०’ जारी गरेको थियो । डा खनियाँले जारी गर्नुभएको विज्ञप्तिमा भूकम्पले अधिकांश भौतिक संरचना ध्वस्त बनाएको र अस्थायी शिक्षक आन्दोलनमा रहेका समस्यमा आफूले जिम्मेवारी लिएको र हाल पुनःनिर्माण र शिक्षक व्यवस्थापनका कार्य सम्पन्न भएको जिकिर गर्नुभयो । डा खनियाँ २०७२ भदौ ७ गते नियुक्त हुनुभएको थियो ।

त्रिविलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न त्रिवि गुणस्तर प्रमाणीकरण तथा प्रत्यायन केन्द्र स्थापना गरी क्याम्पस तथा केन्द्रीय विभागलाई केन्द्रको प्रमाणपत्र लिने प्रावधान राखिएको तथा केन्द्रीय क्याम्पस, कीर्तिपुरमा मात्र लागु गरिएको स्नातकोत्तर तहको सेमेस्टर प्रणाली उपत्यका हुँदै मुलुकभरका क्याम्पसमा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।

आफ्नो कार्यकालमा परीक्षालाई व्यवस्थित गर्न परीक्षा नियन्त्रण कार्यालयमा नयाँ सफ्टवयर प्रयोगमा ल्याई तीनदेखि पाँच महीनाभित्रै नतिजा प्रकाशन गर्ने तथा व्यवस्थापन सङ्कायअन्तर्गत डीनको कार्यालयबाट सञ्चालित परीक्षाको साढे दुई महीनामा नै नतिजा प्रकाशन गर्ने र ट्रान्सक्रिप्ट २४ घण्टाभित्र दिने प्रक्रिया शुरु भएको खनियाँको भनाइ छ ।

यस अवधिमा त्रिवि ‘टाइम्स हाइयर एजुकेसन’ ले गरेको विश्वविद्यालयस्तर निर्धारणमा संसारभरिका २५ हजारमध्ये त्रिवि ८०१ देखि एक हजारसम्म र एशियाका २५१ देखि ३०० विश्वविद्यालयमा पर्न सफल भएको छ । पछिल्लो समयमा त्रिविको लोकसेवा आयोग र परीक्षा नियन्त्रण कार्यालयमा भएका अनियमितताका सम्बन्धमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com