ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ जनाको दरबन्दी, हाकिम मात्रै हाजिर


एबीसी न्यूज

पाँचथर, ३ भदौ । पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र भएको पूर्वाधार विकास कार्यालयमा ११ जना प्राविधिक कर्मचारीको दरबन्दी छ । तर हाल कार्यालय प्रमुख इञ्जिनीयर यादव मात्रै हाजिर हुनुहुन्छ । गत आर्थिक वर्षको अन्त्यसम्म कार्यालयमा रहेका केही प्राविधिक कर्मचारीसमेत अहिले समायोजन भई सङ्घ तथा प्रदेश मातहतका अन्य कार्यालयमा गइसकेका छन् ।

प्रदेश नं १ का आठ पूर्वाधार विकास कार्यालयमध्ये गत आर्थिक वर्षको कार्यसम्पादनमा पाँथचरस्थित कार्यालय उत्कृष्ट ठहरिएको थियो । तर, कार्यालयमा प्राविधिक कर्मचारी नहुँदा योजना सम्पन्न गर्न समस्या भएको कार्यालय प्रमुख यादवको भनाइ छ ।

आर्थिक वर्ष सकिँदासमेत काम निरन्तर

सामान्यतः आर्थिक वर्ष सकिएपछि एक वर्षे विकास योजनाको निर्माणकार्य रोकिन्छ । तर, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत पाँचथरमा सञ्चालित शिक्षा, स्वास्थ्य र खेलकूदसँग सम्बन्धित पूर्वाधारका योजना भने नयाँ आर्थिक वर्ष शुरु हुँदासमेत निर्माणकार्य जारी छ । गत आर्थिक वर्षमै सामग्री खरीद गरी नयाँ आर्थिक वर्षमा जनश्रमदानमार्फत भवन निर्माणका योजनालाई निरन्तरता दिइएको हो । पाँचथरमा स्वास्थ्य कार्यालयमार्फत यी योजना अघि बढाइएका थिए ।

कार्यालयका प्रमुख तेजबहादुर तुम्बापोका अनुसार गत वर्ष शिक्षा, स्वास्थ्य र खेलकूदका २३ योजना सञ्चालित थिए । यी सबै योजना उपभोक्ता समितिबाट निर्माण गरिएका थिए । वैशाखमा योजना सञ्चालनका लागि अख्तियारी प्राप्त भएकाले हतारमा योजना सम्पन्न गर्नुपरेको तुम्बापोको भनाइ छ । यीमध्ये केही योजना आर्थिक वर्ष समाप्त भइसक्दा समेत निर्माणकार्य जारी राखेर पूरा गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाको निधन

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण

चौतर्फी विरोधपछि सांसदहरूलाई ल्यापटप बाँड्ने योजनाबाट पछि हट्यो कोशी प्रदेशसभा

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com