ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशका योजना : छोटो समयमा उल्लेख्य प्रगति


एबीसी न्यूज
भाद्र ३, २०७६ मंगलबार  १ : ५७ बजे

 

काठमाडौं, ३ भदौ । गत आर्थिक वर्षमा प्रदेश नं १ बाट पाँचथरमा सञ्चालित पूर्वाधार विकासका योजनामा उल्लेख्य प्रगति देखिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट सञ्चालित पूर्वाधार विकासका अधिकांश योजनामा छोटो समयमै उल्लेख्यरूपमा भौतिक र वित्तीय प्रगति देखिएको हो ।

गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयले पाँचथर र ताप्लेजुङमा गरी ७४ पूर्वाधारका योजना सञ्चालन गरेको थियो । यीमध्ये ५० योजना गत आर्थिक वर्षमै पूरा गर्नुपर्ने थिए । गत आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने योजनामध्ये दुवै जिल्लामा दुई/दुई योजना मात्रै पूरा गर्न नसकिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख भरतकुमार यादवले बताउनुभयो । निर्माण सम्पन्न भएकामध्ये एउटा योजना मात्रै उपभोक्ता समितिबाट निर्माण गरिएको र बाँकी सबै ठेक्का प्रक्रियाबाट निर्माणकार्य सम्पन्न गरिएका छन् ।

दुई जिल्लाका ७४ योजनामध्ये १५ योजना क्रमागत योजनामा रुपान्तरित भएका छन् भने नौ योजनाको बहुवर्षीय ठेक्कासमेत लागिसकेको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा उक्त कार्यालयले ६९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्षको अन्त्यतिर रु चार करोडको अख्तियारी प्राप्त हुँदा कार्यालयको वित्तीय प्रगति पाँच प्रतिशतले कम देखिएको यादवको भनाइ छ ।

सडक तथा सडक पुल निर्माणका ७४ योजनामा रु ५४ करोड ९३ लाख ३२ हजार कूल विनियोजित बजेटमा रु ३७ करोड ३९ लाख ४५ हजार खर्च भएको कार्यालयको तथ्याङ्क छ । उक्त रकममध्ये पाँचथरमा ३८ योजनाका लागि रु २९ करोड १३ लाख ३२ हजार रकम विनियोजन भएकामा रु २१ करोड ५४ लाख ८५ हजार रकम खर्च भएको छ । ताप्लेजुङमा ३६ योजनाका लागि रु २५ करोड ८० लाख रकम विनियोजन भएकामा रु १५ करोड ८४ लाख ६० हजार रकम खर्च भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com