ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा


एबीसी न्यूज
श्रावण २९, २०७६ बुधबार  १ : १२ बजे

काठमाडौं, २९ साउन । सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुग्नुभएको छ । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्कनुभएका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आइपुग्नुभएको हो ।

साइकलयात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले स्वागत तथा सम्मान गरेको छ । पर्यटन वर्ष २०२० को प्रचार–प्रसार एवं ‘भ्रष्टचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवद्र्धन गरौँ’ भन्ने नारा लिएर आफू साइकलयात्रामा निस्किएको श्रेष्ठले बताउनुभयो । गएको चैत ३ गतेबाट यात्रा शुरु गर्नुभएका श्रेष्ठ १४९ दिन लगाएर गोरखा आइपुग्नुभएको हो ।

श्रेष्ठले आउँदो असोजभित्रै देशका ७७ वटै जिल्लाको भ्रमण गरेर सक्ने लक्ष्य लिएको बताउनुभयो । “साइकलको अगाडि दायाँबायाँ राष्ट्रिय झण्डा फहराउँदै, नेपाली राष्ट्रिय पोशाक दौरासुुरुवालमा साइकलयात्रामा हिँड्नुभएका श्रेष्ठले गोरखा सदरमुकाममा जिल्लाका ऐतिहासिक एवं धार्मिकस्थलको बारेमा जानकारीसमेत लिनुभयो ।

यात्राका क्रममा जिल्ला सदरमुकाममा पुगेर त्यहाँ रहेका उद्योग वाणिज्य सङ्घ, विद्यालय, क्याम्पस विद्यार्थी एवं पत्रकार महासङ्घसँग अन्तक्र्रिया गर्नुभएको हो । गोरखाका पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले देश भ्रमणका लागि साइकल सस्तो यात्रा भएको र स्वास्थ्यका लागि समेत फाइदा भएकाले साइकलयात्रा रोजेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संविधान उल्लंघनको आरोपसहित सरकारमाथि तीव्र आलोचना, प्रशासनिक हस्तक्षेपबारे प्रश्न

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

सम्बन्धित

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com