ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमन्त्रीद्वारा कृषि उद्यमको अनुगमन


एबीसी न्यूज
श्रावण २९, २०७६ बुधबार  १ : ०७ बजे

काठमाडौं, २९ साउन  । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले आज प्रदेश सरकारको अनुदानमा हेटौँडा उपमहानगरपालिका–१२ र १३ मा सञ्चालिते बाख्रापालन केन्द्र तथा एग्रिनेट हाउस अनुगमन गर्नुभएको छ ।

मन्त्री लामाले हेटौँडा–१२ का वडाध्यक्ष ललित घलानद्वारा सञ्चालित अग्रेली कृषि फार्म अनुगमन गर्दै प्रदेश सरकारको उद्देश्यअनुसार कार्य सम्पादन गर्न निर्देशन दिनुभएको वडाध्यक्ष तथा फार्मका सञ्चालक घलानले बताउनुभयो । ४० लाखको लगानीमा १३ कट्ठा जमीनमा टनेल निर्माण गरेर गोलभेँडा, भेडे खुर्सानी तथा अन्य बेमौसमी तरकारी खेती गरिएको उक्त फर्मबाट वार्षिक रू १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको छ । फार्मका लागि प्रदेश सरकारले रू २१ लाख ७५ हजार अनुदान दिएको उहाँको भनाइ थियो ।

त्यस्तै मन्त्री लामाले आजै हेटौँडा–१२ मा रहेको सुन्दर बहुउद्देश्यीय कृषक समूहले सञ्चालन गरेको बाख्रापालन केन्द्र पनि अनुगमन गर्दै यसबाट वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । पदमपोखरी क्षेत्र बाख्रापालनका लागि अत्यन्त उपयुक्त भएकाले दत्तचित्त भएर काम गर्न उहाँले सुझाब दिनुभयो ।केही दिनअघि बाट मात्रै सञ्चालनमा आएको बाख्रापालन केन्द्रमा ७५ माउ बाख्रा र तीन बोयर जातको बोका रहेको कृषक समूहका फेन्चु लामाले जानकारी दिनुभयो । प्रदेश सरकारको रू १६ लाख ४३ हजार अनुदान र रू १४ लाख १६ हजार उक्त समूहको लगानीमा १० जनाले सामूहिक बाख्रा पालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

‘बालेन–डोजर अभियान’को आधार मानिएको रावल आयोग के हो ?(विस्तृत एक्प्लेनर)

सम्बन्धित

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

‘बालेन–डोजर अभियान’को आधार मानिएको रावल आयोग के हो ?(विस्तृत एक्प्लेनर)

अध्यादेश र समसामयिक मुद्दामा संसद् तातिने संकेत

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com