ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्थालाई पारदर्शी बनाउने र विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपर्छ– मन्त्री अर्याल


एबीसी न्यूज
श्रावण २८, २०७६ मंगलबार  ५ : ४७ बजे

काठमाडौं, २८ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ले वित्तीय संस्थामा मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताउनुभएको छ । स्वावलम्बन विकास केन्द्रको २८ औँ वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रममा आज उहाँले लघुवित्त संस्था र सहकारीको प्रकृति उस्ताउस्तै भएकाले सहकारीको विकृतिलाई नियन्त्रण गरिने बताउनुभयो ।

“सहकारी संस्था ठूलो भएपछि मानसिकताहरु विकृति बन्न थालेका छन्” उहाँले भन्नुभयो, “संस्थालाई पारदर्शी बनाउने र मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपर्छ ।” सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको उल्लेख गर्दै उहाँले सहकारीलाई बेलैमा नियन्त्रण नगरिए पछि समस्या आउने बताउनुभयो ।

“सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्षपछि झनै समस्या आउँछ”, उहाँले भन्नुभयो, “सहकारी नियमावलीमार्फत सहकारीलाई नियन्त्रण गर्न प्रयासमा छौँ ।” मन्त्री अर्यालले एउटा मान्छे धेरै संस्थामा बस्ने समस्या रहेकाले अब त्यो अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले सहकारी कर्जा कोष सञ्चालन गरिसकेकाले सहकारी क्षेत्रका विकृतिलाई नियन्त्रण गर्न सहयोग पुग्नेमा जोड दिनुभयो ।मन्त्रालयले अहिले गरीब पहिचानको काम गरिरहेको जानकारी गराउँदै उहाँले गरीब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुने गरी काम सम्पन्न गरिने भनाइ राख्नुभयो । सोही अवसरमा काभ्रेपलाञ्चोकको मानसी लघुवित्त वित्तीय संस्थालाई रु एक लाखसहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

संविधान संशोधन बहसमा सहमति त छ, तर स्पष्ट दिशा र राजनीतिक इच्छाशक्ति अझै कमजोर

सम्बन्धित

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com