ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली समाजको चुनौती नकारात्मक सोच हो– मन्त्री विश्वकर्मा


एबीसी न्यूज
श्रावण २५, २०७६ शनिबार  ६ : ४५ बजे

 


काठमाडौं,  २५ साउन  । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालका सबै युवालाई आफ्नो कर्तव्य र भूमिका बोध गरी राष्ट निर्माणमा अघि बढ्न आग्रह गर्नुभएको छ ।

ललितपुरमा आज नेपाल युवा संस्था सञ्जाल आयोनले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय युवा दिवस २०१९’को कार्यक्रममा युवामन्त्री विश्वकर्माले नेपाली समाजको वर्तमान गम्भीर चुनौती भनेकै युवामा नकारात्मक सोचको भावना बढ्दै जानुले समृद्ध नेपाल, सुखी नेपाली निर्माणमा प्रभाव पर्दै गएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हरेक युवाले सकारात्मक सोच लिएर अघि बढेमा मुलुकले छिट्टै विकास र समृद्धि हासिल गर्ने छ”, राणाकालीन समय स्मरण गराउँदै मन्त्री विश्वकर्माले लखन थापा, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्रीजस्ता युवाले नेपाल र नेपालीको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिएको चर्चा गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले शिक्षाको बहानामा रोजगारी खोजेर बाहिरिने युवाको क्रम बढ्दै भएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली युवाको सोच विदेशी शिक्षा हासिल गरे माथि पुगिन्छ भन्ने छ, तर त्यो वास्तवमा सही होइन ।

आयोनले विगत १४ वर्षदेखि युवा अधिकार, युवा संस्था र युवा क्षमता अभिवृद्धिका थुप्रै काम गर्दै आएको छ । हाल देशमा रहेका ४०.३ प्रतिशत युवालाई तीन तहको सरकारमा अघि बढाउन आयोनले ११ बुँदे घोषणापत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

सम्बन्धित

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com