ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारका मन्त्री आफै बजार अनुगमनमा


sharan sharan

बुटवल, २४ साउन
प्रदेश नम्बर ५ का कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश राजधानी बुटवलको बिभिन्न तरकारी तथा फलफुल पसलको अनुगमन गर्नु भएको छ ।
तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि भएको र अत्याधिक बिषादी प्रयोग भएको जन गुनासो आएपछि बजार अनुगमन गरिएको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । आज मध्यान्ह बाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्यसंघका प्रतिनिधिहरु सहित अनुगमनमा निस्केको टोलिले कृषि उपज केन्द्र बुटवलमा अनुगमन गर्दा ब्यवसायीहरुसंग खरिद बिल तथा बिषादी अवशेष जांच गरेको प्रमाणपत्र नभेटिएको पाईएको छ ।
१२ वटा पसलमा अनुगमन गर्दा ६ वटा पसल बाणिज्य कार्यालयमा दर्ता नै नभएका, तरकारी तथा फलफुलको खरिद बिल नराखेको र बिषादी अवशेष परिक्षणको प्रमाणपत्र समेत नभएको पाईएकाले बाणिज्य कार्यालयमा उपस्थित हुन पत्र कार्टीको छ भने ६ वटा पसललाई सामान्य चेतावनी दिएर छाडीएको छ । अनुगमन भएका २ वटा पसलबाट बिषादी परिक्षणका लागि नमुना समेत बरामद भएको बताईएको छ ।


बजारमा मुल्य अत्याधिक बढाउने, बिषादी परिक्षण नगर्ने तथा किसानहरु ठगिने गुनासो आएपछि अनुगमन थालिएको प्रदेश ५ सरकारका कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भयो ।
बाणिज्य कार्यालयका प्रमुख रुद्र प्रसाद ज्ञवालीले अधिकांस पसलहरुमा बाणिज्य दर्ता समेत नभएकाले कारवाहि प्रक्रिया अगाडी बढाईएको बताउनु भयो ।
मन्त्रालयले नियमीत अनुगम गर्ने र नियम बिपरित कार्य गर्नेलाई कारवाहि गरिने जनाएको छ । कृषि उपज थोक बजार केन्द्रका सञ्चलक कलाधर पन्थीको ब्यवसायीक फर्म आशिक फ«ुट सेण्टरमा समेत कुनै कागजपत्र नभेटिएको पाईएको थियो । देबेन्द्र राहुल आलु भण्डार, साधु एण्ड बिजय भेजिटेबल सेण्टर, भान्जा फ«ुट एण्ड भेजटेबल सप्लायर्स लगायतका पसलहरुमा आवश्यक कागजपत्र नभेटिएकाले पत्र काटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com