ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशस्तरीय विश्वविद्यालय बनाउने– मन्त्री घिमिरे


एबीसी न्यूज
श्रावण २४, २०७६ शुक्रबार  ५ : ३९ बजे

काठमाडौँ , २४ साउन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मनमोहन पोलिटेक्निक इन्स्टिच्युट प्रदेशस्तरीय मनमोहन प्राविधिक विश्वविद्यालय बनाउने बताउनुभएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम ९२ बमोजिम ‘मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ आज सदनमा प्रस्तुत गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।

मन्त्री घिमिरेले मुलुकको विभिन्न विश्वविद्यालयको स्वरुप र ढाँचाभन्दा पृथक रहने मनमोहन प्राविधिक विद्यालयले प्राविधिक जनशक्ति उत्पादन गर्ने धारणा राख्दै यो विश्वविद्यालय समुदायसँग पनि जोडिने बताउनुभयो । मन्त्री घिमिरेले नेपालको ख्यातिप्राप्त, भौतिक संरचना र मानवीय संशाधनका रुपमा अर्बौं सम्पत्ति रहेको यो संस्थासँग प्रदेश सरकारले साझेदारी अवधारणाबाट सञ्चालन गर्ने स्पष्ट पार्नुभयो । उहाँले आधारभूत, माध्यमिक र उच्च तहका प्राविधिक जनशक्ति उत्पादन हुने यो विश्वविद्यालयलाई नयाँ नमूनाका साथ सञ्चालनमा ल्याउने हिसाबले यो विधेयक ल्याएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खल्तीबाट अध्यादेश

सरकार सुकुम्बासी व्यवस्थापन गर्दैछ ः रास्वपा सांसद, चौधरी, भिडियो

सम्बन्धित

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com