ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपीडितलाई राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक भएन– सांसद


एबीसी न्यूज
श्रावण २३, २०७६ बिहीबार  ३ : ३८ बजे

काठमाडौं, २३  साउन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले हालैको बाढी, डुबान तथा पहिरोपीडितका लागि राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक नभएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले तराई /मधेशमा डुबान तथा पहाडी क्षेत्रमा पहिरो नियन्त्रण गर्न पूर्वतयारी नगरिएको भन्दै आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन सरकार सजग हुनुपर्ने माग गर्नुभयो । सांसद लक्ष्मी परियारले शान्तिसुरक्षाको प्रत्याभूति गर्न र हालै पूर्वी जिल्लामा दलित युवामाथि भएको कुटपिटको घटना छानबिन गर्न माग गर्नुभयो ।

सांसद विमला विश्वकर्माले एक प्रदेशबाट अर्को प्रदेश तथा प्रदेशबाट स्थानीय निकायमा जाँदा यातायात क्षेत्रमा रुट परमिट लिन नपर्ने व्यवस्था मिलाउन आवश्यक रहेकामा जोड दिँदै रुट परमिट लिनुपर्ने व्यवस्थाले यातायात व्यवसायी समस्यामा परेका छन् भन्नुभयो । सांसद विरोध खतिवडाले सुनको अवैध कारोवार रोक्न सरकारले विशेष ध्यान दिनुपर्ने र यसको मूल्यलाई नियन्त्रणमा समेत राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सांसद बोधमाया यादवले तराई मधेशमा रोपाइँ जारी रहेको अवस्थामा मलखाद अभाव रहेको छ, यसतर्फ कृषि मन्त्रालयको ध्यान गएको छ कि छैन रु भन्ने प्रश्न गर्नुभयो । सांसद सत्यनारायण शर्मा पौडेलले पूर्वी नवलपरासी जिल्लामा यातायातमा एक पालिकाबाट अर्को पालिकामा प्रवेश गर्दा कर तिर्नुपर्ने बाध्यता रहेको हँुदा दोहोरो कर हटाउन माग गर्नुभयो ।

सांसद सत्या पहाडीले डोल्पाको दुनैलगायत सिङ्गो कर्णाली प्रदेशको स्वास्थ्यस्थिति माथि उठाउन स्वास्थ्य मन्त्रालयले विशेष कार्ययोजना ल्याउन जरुरी रहेको छ भन्नुभयो । सांसद समिना हुसैनले बकर इदमा सार्वजनिक बिदा दिन गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सीतादेवी यादव र सरिताकुमारी गिरीले तराई /मधेशका बाढीपहिरोपीडितलाई थप राहतको व्यवस्था मिलाउन माग गर्दै विगतका द्वन्द्वपीडितले सामाजिक न्यायसमेत नपाएको गुनासो गर्नुभयो । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको रामधुनी नगरपालिकामा रहेको रामधुनी मन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सांसदहरुको मुख थुन्यो ः कांग्रेस सांसद, मनमाया, भिडियो

नागरिक अगुवाको कठोर अपिल: बालेन सरकारको ‘हुकुमी शासन’ र सर्वसत्तावादको ऐना

सम्बन्धित

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com