ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत सामाग्रीमा पनि कमिशनको खेल


एबीसी न्यूज
श्रावण २३, २०७६ बिहीबार  २ : ४५ बजे

लहान, २३ साउन । सिरहामा यत्तिबेला राहत उपलब्ध गराउँने काम चलिरहेको छ । राहतमा पनि कमिशनको खेल शुरु भएको खुलासा भएको स्रोतको दावी छ ।

सिरहाको लागि प्रदेश २ सरकारले राहत उपलब्ध गराउँन २५ सय घरपरिवारको लागि २७ सय २० रुपैयाँको प्याकेट बनाएर वितरण गर्ने कार्यक्रम रहेकोे छ । बाढी पीडितलाई प्रति घरपरिवार २७ सय २० रुपैयाँको दरमा राहत उपलब्ध गराउँने हिसाबकिताब देखाउँदै आएको छ । सो राहत उपलब्ध गराउँन गोलबजार नगरपालिकाका महेश साह कोकवाको मिलबाट चामल खरिद भइरहेको छ । मिलबाट प्रतिकिलो ४३ रुपैयाँको दरमा चामल खरिद गरेर राहत उपलब्ध गराउँनेपक्षले प्रतिकिलो ४६ रुपैयाँको दरमा नक्कली बील बनाउँने गरेको खुलासा भएको छ ।

चामल विक्रेता महेश साहले ‘के गर्नु मन्त्री कार्यकर्ताको पनि पेट छ ।’ ‘मिलाएर बील बनाएको होला ।’ उनले सरल भाषामा बताए । प्रभावितलाई प्रतिघर ५५ किलो चामल, चार किलो दाल, दुई किलो चना, एक लिटर तेल, सुकुल, झुल, साबुन, कम्बल र त्रिपाल उपलब्ध गराउँदै आएको छ ।
चामल बाहेक अन्य राहतको सामाग्रीमा रकम थपेर बील बनाइरहेको छ भने नक्कली बीलको समेत कारोबार भइरहेको जानकारीमा आएको छ । प्रदेश २ का अर्थ मामिला मन्त्री विजय यादवले ‘यो जिम्मा सिरहा उद्योग वाणिज्य सँघलाई दिइएको हो ।’ ‘उनीहरुले प्याकेट तयारी गरी राहत सामाग्रीको व्यवस्थापन गर्दै आएको छ ’ बताए ।

अर्कातीर सिरहा जिल्लामा बाढीपीडितका नाममा आएको राहत कार्यकर्ता र आफन्तलाई वितरण गरिएको गुनासो बढेको छ । गत २७ असारमा आएको अविरल वर्षापछि डुबानमा परेकाले कति पीडितले राहत नपाएको गुनासो गरेका छन् । सिरहाको औरही, कर्जन्हा, मिर्चैया, अर्नामालगायतको स्थानीयतहमा राहत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सांसदहरुको मुख थुन्यो ः कांग्रेस सांसद, मनमाया, भिडियो

नागरिक अगुवाको कठोर अपिल: बालेन सरकारको ‘हुकुमी शासन’ र सर्वसत्तावादको ऐना

सम्बन्धित

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com