ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत सामग्री बितरणमा मनोमानी गरेको जिकिर


एबीसी न्यूज

काठमाडौँ, २२ साउन । जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले राहत सामग्रीमा अनियमितता गरेको भनेर आफूलाई लागेको आरोपको खण्डन गर्नुभएको छ । प्रदेशसभा सदस्य मोहनकुमार खड्काले राहतमा अनियमितता गरेको भन्दै यही साउन १७ गते प्रशासनमा उजुरी दिनुभएको थियो ।

प्रदेशसभा सदस्यले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई विवादमा तानेको भन्दै प्रमुख श्रेष्ठले आरोपको खण्डन गर्नुभएको हो । कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै उहाँले कमजोरी भए कारवाही भोग्न तयार रहेकाले आरोप प्रमाणित गर्न चुनौती दिनुभयो ।

विसं २०७४ माघ ११ गतेको जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णय र सोहीअनुसार जिल्ला प्रशासन कार्यालयको चलानी नम्बर ११२३ को पत्रअनुसार जिससले निर्णय गरेर राहत सामग्री वितरण गरेको प्रमुख श्रेष्ठको दाबी छ । जिससले दिएका तारजाली र राहत सामग्रीका बारेमा जिससले आन्तरिक अनुगमन गरेर सार्वजनिक गर्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।

स्थानीय सडक सुधार तथा जीविकोपार्जन कार्यक्रम मातहतका सामग्रीका बारेमा जानकारी नभएको जिससले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रदेश नं १ का अर्थसमिति सभापतिसमेत रहनुभएका खड्काले जिल्ला समन्वय समितिविरुद्ध प्रशासनमा मुद्दा दिनुभएको थियो । मुद्दामा जिल्लाको विभिन्न ठाउँमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढङ्गले बाँडिएको विषयमा छानविन गरी दोषीउपर कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com