ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायु सेवा निगममा सुधार ल्याउन मन्त्री भट्टराईद्धारा कार्यदल गठन


एबीसी न्यूज

काठमाडौँ, २२ साउन । सरकारले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्य दल गठन गरेको छ ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायु सेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशिल घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गर्नु भएको हो । समितिका सदस्यहरुमा चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, विमान चालक सुधीर शमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनु भएको छ । राष्ट्र हित, जनताको हित र नेपाली ध्बजावाहक विमानको अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठान बढने गरी एक महिना भित्र सुझाव दिन सो कार्यदल गठन गरिएको मन्त्री भट्टराईले जानकारी दिनु भयो ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो निगमको सुधारका लागि आफूले पटक पटक त्यहाँको व्यवस्थापनसँग आवश्यक छलफल गरिरहेको पनि बताउनु भयो । मन्त्री भट्टराईले निगमका पदाधिकारीहरुसँग आफूले विजनेश प्लानको विषयमा पनि छलफल गरिरहेको बताउनु भयो । उहाँले सो निगमलाई गर्व गर्न लायक बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

मन्त्री भट्टराईले अव छिट्टै चीन र दक्षिण कोरियामा पनि नेपालले हवाई सेवा संचालन गर्ने योजना पनि अघि सार्नु भयो । उहाँले निजगढ अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास चालू आर्थिक वर्ष भित्र सुरु गर्ने घोषणा पनि गर्नु भयो । राजनीतिक सहमति जुटाएर सो विमानस्थलको निर्माणको कामलाई अघि बढाउने मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले त्यसका लागि प्रधानमन्त्री केपी ओलीसँग आवश्यक निर्देशन लिने र सोही अनुसार अन्य राजनीतिक दलहरुका शिर्ष नेताहरुसँग आफूले छलफल गर्ने पनि बताउनु भयो ।

मन्त्री भट्टराईले सो विमानस्थलको लगानीको व्यवस्था गर्न लगानी बोर्डसँग पनि छलफल गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com