ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली मौलिकता झल्कने गरी संरचना निर्माण गर्न प्रस्तुत प्रस्तावमा छलफल


एबीसी न्यूज
श्रावण २२, २०७६ बुधबार  ३ : ०९ बजे

काठमाडौं, २२ साउन । राष्ट्रियसभाको बैठकमा सांसद डा बिमला पौड्यालले ‘पर्यटनसँग सम्बन्धित भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्न’ प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल शुरु भएको छ ।

छलफलमा सहभागी सांसदहरुले भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्नुपर्ने सांसद डा राईको प्रस्तावको समर्थन गर्दै सोसँग सम्बन्धित विषयमा जिज्ञासा राख्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड््डयनमन्त्री योगेश भट्टराईले सो प्रस्तावमाथि उठेका प्रश्नको उत्तर दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री भइसकेपछि पहिलोपटक राष्ट्रियसभामा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मौलिक संस्कृति र नेपालका प्रमुख विशेषतालाई झल्काउने खालको विविधतालाई समेटने तयारी भएको जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले मौलिक कला र संस्कृति जोगाइराख्न भूकम्पबाट क्षतिग्रस्त २७८ सम्पदा पुनर्निर्माण भइसकेको र दुई वर्षभित्र ३८९ वटा सम्पादा पुनर्निर्माण गर्ने तयारी भएको स्पष्ट पार्नुभयो । पुनर्निर्माणमा नेपालबाट मात्र नभई दातृ राष्ट्रबाट पनि सहयोग आउने भएकाले समयमै निर्माण गर्न कठिनाइ हुने जानकारी दिँदै नेपालको मौलिक कला र संस्कृतिको संरक्षणमा जोड दिन सबै मन्त्रालय र सरोकारवालापक्षसँग आग्रह गर्नुभयो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरललाई कार्यवाहक प्रधानमन्त्री तोकिएको सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुभएकाले दैनिक प्रशासनिक कामकारवाहीका लागि नेपालको संविधानअनुसार उपप्रधानमन्त्री पोखरेललाई कार्यभार तोकिएको थियो ।

यसैगरी प्रधानमन्त्रीको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई दिइएकोबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । राष्ट्रियसभाको अर्को बैठक साउन २६ गते आइतबार १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सांसदहरुको मुख थुन्यो ः कांग्रेस सांसद, मनमाया, भिडियो

नागरिक अगुवाको कठोर अपिल: बालेन सरकारको ‘हुकुमी शासन’ र सर्वसत्तावादको ऐना

सम्बन्धित

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com