ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औद्योगिक वातावरण निर्माणमा संघीय सरकारले बखेडा गर्दैछन्– मुख्यमन्त्री राउत


एबीसी न्यूज

जनकपुरधाम, साउन २२ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा औद्योगिक वातावरण निर्माणको लागि संघीय सरकारले अप्ठ्यारो सिर्जना गरेको आरोप लगाउनु भएको छ । आइएलओले आज जनकपुरमा आयोजना गरेको साना तथा मझौला उद्योगको लागि उपयुक्त वातावरण निर्माण सम्बन्धिसार्वजनिक निजी सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले सो आरोप लगाउनु भएको हो ।

उहाँले प्रदेश सरकारले औद्योगिक विकासको लागि पहल थालि सकेको भएपनि संघीय सरकारले समयमा आवश्यक ऐन कानून निर्माण गर्न नसकेको बताउनु भयो । प्रदेश सरकारले प्रदेश नं। २मा लगानी गर्ने उद्योगहरुलाई २० वर्ष सम्म कर छुट गर्ने, जग्गाको व्यवस्थापन गर्ने जस्ता नीति अघि सारे पनि संघीय सरकारका मन्त्रीहरुले विभिन्न बखेडा झिकेर प्रदेशको अधिकार क्षेत्र भित्र हस्तक्षेप गर्न खोजेको गुनासो समेत उहाँले गर्नु भयो । उहाँले औद्योगिक विकास विना प्रदेश तथा देशको विकास हुन नसक्ने भएकोले लगानी कर्ताहरुको लागि आवश्यक ऐन, कानून, सुरक्षाको ज्ञारेन्टी जस्ता कार्यहरु गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।

मुख्यमन्त्री राउतले प्रदेश २का युवाहरु रोजगार नपाएर खाडी मुलुकमा जान बाध्य भएकोले उनिहरुलाई रोजगारमुलक तालिम दिएर साना व्यवसायहरु संचालनमा समक्ष बनाउन प्रदेश सरकारले ठोस योजनाका साथ अघि बढेको र त्यसको परिणाम केही दिन भित्रै देखिने दावी समेत गर्नु भयो । कार्यक्रमका अध्यक्षता गर्नु भएका प्रदेश नीति आयोगका उपाध्यक्ष डा। हरिवंश झाले प्रदेश सरकारले औद्योगिक विकासका लागि लिएको नीति बारे सविस्तार व्याख्या गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। स्वर्णिम वाग्लेले नेपालमा औद्योगिक क्षेत्रको अवस्था र त्यसको चुनौति बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

छलफल कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय, प्रदेश सभा सदस्य राम अशिष यादव, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com