ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निगमको शानलाई जहाजको उचाइझैँ पु¥याउँछौँ– पर्यटनमन्त्री भट्टराई


एबीसी न्यूज

काठमाडौँ, २१ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को सानलाई जहाजकै उचाइ बराबर पु¥याउने गरी सुधारको काम गरिने बताउनुभएको छ ।

राष्ट्रिय पर्यटन पत्रकार सङ्घका प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय ध्वजाबाहक पर्यटक आगमनसँग प्रत्यक्ष जोडिएको विषय हो भन्दै निगमको हालको अन्योलग्रस्त अवस्थालाई सुधार गरी जहाजको उचाइझैँ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “निगमको जहाज जुन हाइट ९३८ हजार फिट उचाइ बाट उड्छ, निगमको सानलाई त्यही उचाइमा पु¥याउनु पर्नेछ, त्यसो भयो भनेमात्र संसारले देख्नेछ, २८ हजार उचाइ त नेपालमै उड्ने छँदैछन् नि ।”

पर्यटनमन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रचारप्रसार र पूर्वाधार विकास दुवै कार्यलाई सँगसँगै अघि बढाइने उल्लेख गर्नुभयो । मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर काम अघि बढाउने उल्लेख गर्दै मन्त्री भट्टराईले आफू मन्त्रालयमा रहुञ्जेल सम्पूर्ण तागत र इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटन क्षेत्रमा धेरै ठूला कुरा नगरिकन सामान्य सुधार गर्ने हो भने पनि परिणाम निस्कने उल्लेख गर्दै मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, निमार्णाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल र बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी बनाइने बताउनुभयो ।

सङ्घका अध्यक्ष शिव अधिकारीले भ्रमण वर्षलगायत मन्त्रालयका कामलाई सफल बनाउन पर्यटन पत्रकारले सहयोगात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com