ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरी र उदयपुरमा एम्बुलेन्स पल्टियो, ११ जना घाईते


एबीसी न्यूज

 

उदयपुर, २१ साउन । उदयपुर र सुनसरीमा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा ११ जना घाईते भएका छन् ।

आज बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका ६ चुरेमा अनियन्त्रित भई दुर्घटना भएको हो । एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका ६ का सदहरुल मिया, उनको छोरी २८ बर्षीया सहिजा मिया, ३५ बर्षीय मोहमद हमिद, ४० बर्षीया सहिपुन खातुन, ७५ बर्षीया हजरा खातुन, त्रियुगा नगरपालिका १२ की ३२ बर्षीय अम्बिका बि.क. र उनको छोरा ११ बर्षीय अशोक बि.क. घाईते भएका छन् । घाईते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । चालक र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका १ बाट सुत्केरी ब्यथा लागेको बिरामी बोकेर बिराटनगर तर्फ आउँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका २ को थलाहा पुलमा दुर्घटना भएको छ । आज बिहान ३ बजे ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार उदयपुर गढी गाउँपालिका १ की ३२ बर्षीया सबिना बास्तोला , उनको श्रीमान ३६ बर्षीय खेमबहादुर बास्तोला, ३६ बर्षीय सिताराम बास्तोला घाईते भएका छन् । उनीहरुको बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भईरहेको छ । २८ बर्षिय चालक नीरबहादुर पुलामी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com