बुटवल, २१ साउन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले अवको केहि हप्तामा पार्टी एकिकरणका सम्पुर्ण काम सम्पन्न हुने बताउनु भएको छ ।
गृह जिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ कमिटीको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई आज बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले निती, सिद्धान्त र कार्यक्रमका बिषयमा एकिकृत भई सकेपछि अव एकताका काम धेरै बांकी नरहेको बताउनु भयो ।
उहांले बिचार र सिद्धान्तमा एकरुपता नभई पार्टी एक हुन नसक्ने बताउंदै एकता प्रक्रियाले प्रचण्ड र केपीओलीलाई ब्यक्ति फरक भएपनि फरक दृष्टीकोणका साथ प्रस्तुत हुने अधिकार नभएको बताउनु भयो ।
पार्टी एकिरणको काम सकिए लगत्तै पार्टी र सरकारलाई सहयोग पुग्ने गरि बिशाल अभियानका साथ पार्टी जनतामा जाने जानकारी दिंदै उहांले अभियानमा पार्टीका कुनै पनि सदस्यहरु फुर्सदमा बस्न नपाउने निर्देशन दिनुभयो । पार्टीको स्कुल बिभागलाई पार्टीकै प्रमुख अंगकारुपमा ब्याख्या गरिएको प्रति गुनासो गर्दै महासचिव पौडेलले पार्टी स्कुल बिभाग पार्टीको सर्बोच्च अंग नभएको स्पष्ट पार्नुभयो ।
महासचिव पौडेलले बिगत १ वर्ष सम्म फुर्सदमा रहेका नेता कार्यकर्तालाई फुर्सदको अवधिलाई शक्ति संचयको अवधी बुझेर अव कुनै पनि नेता कार्यकर्तालाई जिम्मेवारीबाट खालि नराखिने बताउनु भयो । स्थानीय पार्टी कमिटीहरु केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले सुरु गरेको योजनाहरुको अनुगमनमा क्रियाशिल हुन निर्देशन दिंदै पौडेलले सरकारका हरेक कदमहरुलाई पार्टीले खबरदारी गरेर जान आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा रुपन्देही ईन्चार्ज लिला गिरी, सह ईन्चार्ज द्धय दधिराम न्यौपाने र खिमलाल भट्टराई लगायतले पार्टीको संगठन एक भएपनि मन र भावनामा एकता ल्याउन अझै कसरत गर्न आवश्यक रहेको धारणा राख्नु भएको थियो ।








प्रतिक्रिया दिनुहोस्