ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीलाई शङ्कराचार्यबाट निमन्त्रणा


एबीसी न्यूज

 

काठमाडौँ, २१ साउन । भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शङ्कराचार्यले सो निम्ता दिनुभएको हो । यसअघि गत गुरुपूर्णिमाका अवसरमा निम्तो दिइए पनि प्रधानमन्त्री ओली त्यहाँ पुग्न सक्नुभएको थिएन । हिन्दूधर्मका चारधाम बद्री, केदार, रामेश्वर र जगन्नाथ धाममध्ये उडिसामा जगन्नाथ र गोवद्र्धन मठ पर्छन् ।

प्रतिनिधिमण्डलमा समाजका उपाध्यक्ष धर्मराज बराल, महासचिव पुष्पराज पराजुली, समाजका सदस्य तथा अन्तरराष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष प्रदीप खनाल, भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल, सदस्य पुष्कर आचार्य, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायत हुुनुहुन्थ्यो ।समाजले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आगामी शिवरात्रि वा कुनै अनुकूल समयमा नेपालको भ्रमणका लागि पुरीका शङ्कराचार्यलाई निमन्त्रणमा पनि दिएको छ ।

गोवद्र्धन मठका १४५ औँ शङ्कराचार्य निश्चलानन्दले नेपाल९जनकपुर, काठमाडौँ र वीरगञ्ज०को दुई पटक भ्रमण गरिसक्नुभएको छ । गत वर्ष उहाँलाई प्रधानमन्त्री ओलीकै आतिथ्यतामा शहीद मञ्च टुँडिखेलमा अभिनन्दन पनि गरिएको थियो ।
सो अवसरमा मठका शङ्कराचार्यले आफू गत वर्ष नेपाल आउँदा प्रधानमन्त्री ओलीले आफ्नो साधुताको परिचय दिएको र उहाँसँग निकै ज्ञान रहेको आफूले पाएको अनुभव सुनाउनुभयो ।

उहाँले नेपालको अवस्था बिग्रेमा भारत पनि सुरक्षित नहुने बताउँदै जानकीलगायत धेरै देवदेवीको जन्मभूमि नेपालको संरक्षणमा जोड दिनुभयो । उहाँले नेपालका ५० औँ हिन्दू सङ्घसंस्थालाई एक हुन आग्रह गर्दै तर अनावश्यक शक्ति प्रदर्शन नगर्न र व्यूहरचना गरेर अघि बढ्न आह्वान गर्नुभयो । शङ्कराचार्यका उत्तराधिकारी निर्विकल्पनानन्दले केही नेपाली हिन्दू नेतृत्वमा व्यक्तिगत र गुटगत स्वार्थ देखिएको बताउँदै आफूहरुले शङ्कराचार्यको भावना उतार्ने सत्यनिष्ठ व्यक्तिको खोजी गरिरहेको स्पष्ट गर्नुभयो ।

सोही अवसरमा पशुपतिनाथका मूलभट्ट गणेश रावलले पठाउनुभएको पशुपतिनाथको प्रसाद र शङ्कराचार्यको स्वास्थ्यलाभको कामना गरिएको पत्र अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष खनालले शङ्कराचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । यसैबीच सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री बाँस्तोलाले ‘नीलाचल से नेपाल तक’समुद्रदेखि नेपालसम्म  नामक ब्यानरको नेपाल भवन जगन्नाथ धाममा अनवरण गर्नुभयो । जगन्नाथधाम चेतना गवेषण प्रतिष्ठानले स्थापना गरेको ब्यानरमा जगन्नाथदेखि मुक्तिनाथ र पशुपतिनाथ भ्रमण र दर्शनका लागि आह्वान गरिएको छ । यस्तै नेपाली प्रतिनिधिमण्डललाई जगन्नाथ धामका मूल पुजारी जनार्दन पात्र जोशी महापात्र चित्तसनिजोक नायकले जगन्नाथधामको ध्वजा उपहार दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com