बुटवल, २१ साउन ।
बुटवल उपमहानगरपालिका १० मा रहेको बुटवल कालिका क्याम्पसको नयाँ भवनको शिलन्यास भएको छ । करिब २० करोडको लागतमा बुटवल उपमहानगरपालिका -१० मा निर्माण हुने क्याम्पस भवनको आज एक समारोहका बिच नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले शिलन्यास गर्नुभयो । शिलान्यस समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले बिकास निर्माणका काममा सरोकारवालाको निरन्तर अनुगमन र खबरदारी आवश्यक रहने बताउनु भयो । उहांले रुपन्देहीको बिकासका लागि आफु सधैं अग्रभागमा रहेर काम गर्न तयार भएको बताउंदै निर्माणका चरणमा रहेका आयोजनाहरुमा जनताको निरन्तर अनुगमनको आफुले अपेक्षा गरेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, क्याम्पस प्रमुख घनश्याम पाठक लगायतले सम्बोधन गर्नुभएको थियो । कालिका र मानवज्ञान मावि गाभिएर कालिका(मानवज्ञान मावि र कालिका क्याम्पस निर्माण भएको हो । बुटवलको कालिका माबि सामुदायिक बिद्यालयमा मुलुकमै नमुना मानिन्छ ।







प्रतिक्रिया दिनुहोस्