ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असनको घडी घर मासेर सपिङ कम्प्लेक्स बनाउन लागेको भन्दै सरोकारवालाको विरोध (भिडियोसहित)


एबीसी न्यूज
श्रावण १९, २०७६ आईतबार  २ : १० बजे


काठमाडौं, १९ साउन । काठमाडौंको महत्व बोकेको सहर असनमा रहेको ‘घडी घर’ भनेर चिनिने ऐतिहासिक ‘अशोक वृक्ष बिहार’ लाई मासेर सपिङ कम्प्लेक्स बनाउन लागिएपछि यसको विरोधमा स्थानीय तथा सम्पदाप्रेमीहरु आन्दोलित भएका छन् ।

पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण गरी धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरु मास्दै व्यापारिक भवनहरु बनाउने क्रम बढेको छ । राज्यको विभिन्न निकायमा रहेका व्यक्तिहरुको संलग्नता र आड भरोसामा भूमाफियाहरुले सरकारी जग्गा आफ्नो नाममा पार्दै अतिक्रमण गर्ने गरेका छन् । यसको पछिल्लो उदाहरणको रुपमा काठमाडौंको व्यस्त सहर असनमा रहेको ‘घडी घर’ बनेको छ ।

८ आना ३ दाम क्षेत्रफलमा फैलिएको छ यो घडी घरमा ‘घडीघर’ ‘श्री ५ को वायु देवता गुठी’ र अशोक वृक्ष विहार नाम राखिएका ३ घरहरु छन् । अहिले ‘घडी घर’ भनेर चिनिने उक्त असन बजारको ऐतिहासिक ‘अशोक वृक्ष बिहार’ लाई मासेर सपिङ कम्प्लेक्स बनाउन लागिएको हो । यो घडीघरसँग यहाँका नेवारी समुदायको सांस्कृतिक र ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । परापुर्वक कालदेखि रहि आएको यस भवन भत्काएर अन्य प्रयोजनका निम्ति भवन बनाउनुलाई सांस्कृतिक आक्रमणको रुपमा लिएका छन् । ‘घडी घर’ मा १४ परिवार बस्दै आएका छन् । घरमा १६ औँ शताव्दीमा बनेको अशोक वृक्ष विहारको लिच्छवीकालीन अमिताभ बुद्धको मूर्ति छ । उक्त मुर्ति ५०० वर्ष पुरानो भएको पुरातत्व विभागले पुष्टि गरेको छ । उक्त घरलाई भत्काउन लागिएकोमा बिहिबार स्थानीय तथा सरोकारवालाले विरोध जनाएका हुन । जोगाउनुपर्ने सम्पदालाई सरकारले भत्काउन लागेको भन्दै सरोकारवालाले यसको संरक्षण गर्न सरकारसँग माग गरेका छन् ।

गुठी संस्थानको मातहतमा रहेको उक्त जग्गा गुठी संस्थानले व्यापारिक रुपमा भाडामा लगाएको छ । भाडामा लगाएर सम्पदा नमास्न र बिहारलाई बिहारकै रुपमा कायम गर्नुपर्ने जनप्रतिनिधि बताउँछन् ।

सम्पदा संरक्षणमा सरकार जिम्मेवार नभएको सरोकारवालाको आरोप छ । सरकारले सार्वजनिक गुठीका जग्गा नीजि नाममा दर्ता गरेर बेचविखन गरी सम्पदा हडप्ने काम रोक्नुपर्ने माग छ । सम्पदा संरक्षण अभियन्ता भागवत नरसिंह प्रधान सम्पदा संरक्षण गर्न बनेका विभिन्न ऐन, नियम सरकारले अक्षरंश पालना गर्नुपर्ने बताउछन ।

प्रतिनिधी सभा सदस्य भिमसेन दास प्रधान नेपालको सुन्दरताको पक्ष भनेकै काठमाडौं उपत्यकाको सांस्कृतिक महत्व बोकेका सम्पदाहरु मास्न नहुने र यसको विनासमा कोहि लागे आन्दोलन चर्किने उनको भनाइ छ ।

युगौ देखिको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका यस्ता सम्पदाको संरक्षण र सम्बद्र्धन गरिनुपर्छ । यसको विनासतिर होइन विकास तर्फ लाग्न चाहिँ सम्बन्धित निकायले ध्यान दिन सके राम्रो काठमाडौ हाम्रो काठमाडौ बन्नसक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com