ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलाडी अभाव, र सुविधासमपन्न श्रोत साधान नहुँदा खेलकुद क्षेत्र निराशाजनक (भिडियोसहित)


एबीसी न्यूज
श्रावण १९, २०७६ आईतबार  २ : ०५ बजे

 

काठमाडौं, १९ साउन ।  नेपालले तीन दशक अगाडिदेखि विश्वकप छनोटमा भाग लिदै आएको छ । यसबीच भएको सात ओटा प्रयासमा नेपाल पहिलो चरणको छनोटबाट अगाडि बढ्न सकेको छैन । राष्ट्रिय टोलीमा खेलाडी अभाव, र सुविधासमपन्न श्रोत साधान र उपयुक्त वातावरण नहुँदा खेलकुद क्षेत्रको अवस्था अझै निराशाजनक नै छ ।

भनिन्छ, खेलकुदको बुझ्न कुनै भाषा चाहिदैन । त्यसैले पनि होला विश्वकपमा खेलिे विभिन्न खेलहरु आज विश्वभरी नै लोकप्रिय छन् । फुटबल पनि विश्वरभर लोकप्रिय त छ नै, फुटबल खेल्ने संस्कार पनि विश्वभरी नै बस्दैछ । सन् १९८६ को विश्वकप छनोटमा नेपालको तर्फबाट पहिलो पटक प्रतिस्पर्धा भएको हो । जुन समय, रुपकराज शर्माको कप्तानीमा रहेको ८० को दशकको नेपाली फुटबलको गोल्डेन जेनेरेशन अर्थात स्वर्णिम पुस्ताको टोली थियो । आधुनिक शैली होइन, जोश र टिम भावना नै त्यतिबेला नेपालको मुख्य अस्त्र हुन्थ्यो त्यतिबेला । प्राविधिक रुपमा अहिले झै अब्बल नभए पनि टिम भावनामा बलियो भएको कारण मलेसिया र दक्षिण कोरियाको समूहमा परेको नेपालले त्यतिबेला बहादुरीपूर्ण नतिजा निकालेको थियो । त्यो समयमा बहादुरीपन देखाउन सफल नेपाली फुटबल टिमले भने सोही गतिमा प्रगति लिन सकेन ।

फिफाले सन् २०१० देखि छनोट प्रतियोगिताको स्वरुप परिवर्तन ग¥यो । कमजोर राष्ट्रहरूले सिधै छनोट चरणमा प्रतिस्पर्धा गरिने प्रणाली हटाएर फिफाले त्यसअघि विश्व वरियतामा तल परेका राष्ट्रहरूबीच प्ले अफ खेल्ने नियम बनायो । जसले गर्दा नेपाल एउटा मात्र प्रतिद्धन्दीसँग खेल्नुपर्ने गरी खुम्चिनु प¥यो । यसबाट नेपाल जस्ता साना राष्ट्रहरूको तुलनात्मक बलिया टोलीसँग खेल्ने अवसर कटौती हुन पुगेको थियो ।

होम एण्ड अवेको आधारमा अर्थात दुवै देशमा खेल्ने उक्त प्रतिस्पर्धामा नेपालले सन् २०१० मा ओमानसँग खेलेको थियो । २०१४ को छनोटमा नेपालले पहिलो प्ले अफमा टिमोर लिस्टेलाई हराएर अगाडि बढेको थियो । दोस्रो प्ले अफमा जोर्डनसँग रोकिनुप¥यो । विश्व कपको अन्तिम चरणमा खेल्न फिफाले एसियाली महाद्वीपलाई पाँच कोटा दिएको छ । अर्ध व्यवसायिकतर्फ अगाडि बढ्दै गरेको भनिएको नेपाली फुटबल विगतभन्दा प्राविधिक रुपमा अहिले सुधारिएको मानिन्छ । तर एसियाको उत्कृष्ट पाँच टोलीमा समावेश भएर पनि विश्वकपको ढोका खोल्नु चाहिँ नेपालको लागि अझै पनि सपना नै मानिन्छ । नेपालमा अभ्यास गर्ने स्थानको अभाव र अन्तराष्ट्रिय मान्यताका रंगशालाहरु नहुँदा नेपाली फुटबल क्षेत्रीय प्रतिस्पर्धाकै लागि पनि सधार्न चुनौतीपूर्ण बनेको छ ।

यद्दपी विश्वकपबारे हामी बेला बेलामा सपना देख्छौ । तर यथार्थमा दक्षिण एसियाको फुटबल जित्नु नै हाम्रो लागि यथार्थमा विश्वकप जित्नु सरहको अवस्था छ । तसर्थ, उत्कृष्ट खेल र खेलाडी निर्माणका गर्दै विश्वकपमा प्रतिनिधित्वमूलक सहभागीता जनाउन सम्बन्धित निकायले गम्भिर भएर सोच्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com