काठमाडौं, १९ साउन । नेपालले तीन दशक अगाडिदेखि विश्वकप छनोटमा भाग लिदै आएको छ । यसबीच भएको सात ओटा प्रयासमा नेपाल पहिलो चरणको छनोटबाट अगाडि बढ्न सकेको छैन । राष्ट्रिय टोलीमा खेलाडी अभाव, र सुविधासमपन्न श्रोत साधान र उपयुक्त वातावरण नहुँदा खेलकुद क्षेत्रको अवस्था अझै निराशाजनक नै छ ।
भनिन्छ, खेलकुदको बुझ्न कुनै भाषा चाहिदैन । त्यसैले पनि होला विश्वकपमा खेलिे विभिन्न खेलहरु आज विश्वभरी नै लोकप्रिय छन् । फुटबल पनि विश्वरभर लोकप्रिय त छ नै, फुटबल खेल्ने संस्कार पनि विश्वभरी नै बस्दैछ । सन् १९८६ को विश्वकप छनोटमा नेपालको तर्फबाट पहिलो पटक प्रतिस्पर्धा भएको हो । जुन समय, रुपकराज शर्माको कप्तानीमा रहेको ८० को दशकको नेपाली फुटबलको गोल्डेन जेनेरेशन अर्थात स्वर्णिम पुस्ताको टोली थियो । आधुनिक शैली होइन, जोश र टिम भावना नै त्यतिबेला नेपालको मुख्य अस्त्र हुन्थ्यो त्यतिबेला । प्राविधिक रुपमा अहिले झै अब्बल नभए पनि टिम भावनामा बलियो भएको कारण मलेसिया र दक्षिण कोरियाको समूहमा परेको नेपालले त्यतिबेला बहादुरीपूर्ण नतिजा निकालेको थियो । त्यो समयमा बहादुरीपन देखाउन सफल नेपाली फुटबल टिमले भने सोही गतिमा प्रगति लिन सकेन ।
फिफाले सन् २०१० देखि छनोट प्रतियोगिताको स्वरुप परिवर्तन ग¥यो । कमजोर राष्ट्रहरूले सिधै छनोट चरणमा प्रतिस्पर्धा गरिने प्रणाली हटाएर फिफाले त्यसअघि विश्व वरियतामा तल परेका राष्ट्रहरूबीच प्ले अफ खेल्ने नियम बनायो । जसले गर्दा नेपाल एउटा मात्र प्रतिद्धन्दीसँग खेल्नुपर्ने गरी खुम्चिनु प¥यो । यसबाट नेपाल जस्ता साना राष्ट्रहरूको तुलनात्मक बलिया टोलीसँग खेल्ने अवसर कटौती हुन पुगेको थियो ।
होम एण्ड अवेको आधारमा अर्थात दुवै देशमा खेल्ने उक्त प्रतिस्पर्धामा नेपालले सन् २०१० मा ओमानसँग खेलेको थियो । २०१४ को छनोटमा नेपालले पहिलो प्ले अफमा टिमोर लिस्टेलाई हराएर अगाडि बढेको थियो । दोस्रो प्ले अफमा जोर्डनसँग रोकिनुप¥यो । विश्व कपको अन्तिम चरणमा खेल्न फिफाले एसियाली महाद्वीपलाई पाँच कोटा दिएको छ । अर्ध व्यवसायिकतर्फ अगाडि बढ्दै गरेको भनिएको नेपाली फुटबल विगतभन्दा प्राविधिक रुपमा अहिले सुधारिएको मानिन्छ । तर एसियाको उत्कृष्ट पाँच टोलीमा समावेश भएर पनि विश्वकपको ढोका खोल्नु चाहिँ नेपालको लागि अझै पनि सपना नै मानिन्छ । नेपालमा अभ्यास गर्ने स्थानको अभाव र अन्तराष्ट्रिय मान्यताका रंगशालाहरु नहुँदा नेपाली फुटबल क्षेत्रीय प्रतिस्पर्धाकै लागि पनि सधार्न चुनौतीपूर्ण बनेको छ ।
यद्दपी विश्वकपबारे हामी बेला बेलामा सपना देख्छौ । तर यथार्थमा दक्षिण एसियाको फुटबल जित्नु नै हाम्रो लागि यथार्थमा विश्वकप जित्नु सरहको अवस्था छ । तसर्थ, उत्कृष्ट खेल र खेलाडी निर्माणका गर्दै विश्वकपमा प्रतिनिधित्वमूलक सहभागीता जनाउन सम्बन्धित निकायले गम्भिर भएर सोच्न आवश्यक छ ।








प्रतिक्रिया दिनुहोस्