दाङ , १८ साउन । तुलसीपुर र घोराहीमा २ वटा रक्त संचार केन्द्र सञ्चालनमा आएपनि दाङमा रगतको अभाव हुने गरेको छ । रगतको अभाव हुदा बिरामीले आवस्यक परेको बेला रगत पाउन सकेका छैनन् ।
रक्त संचार केन्द्र दाङका अनुसार दाङमा दैनिक औसत १५ युनिट रगतको अभाव हुदै आएको छ । दैनिक १०÷१५ युनिट रगत आवश्यक पर्ने जिल्लामा मासिक सरदर ३ सय युनिट रगतको आवश्यकता पर्दै आएको छ । तुलसीपुर र घोराहीका रक्त सञ्चारका लागि गत आर्थिक वर्ष २०७५/०७६ मा २ हजार ९ सय ६० जनाले रक्तदान गरेका छन् । तुलसीपुरमा ६ सय ४४ युनिट रगत संकलन भएकोमा ६ सय ७३ युनिट रगत खपत भएको रक्त सञ्चार केन्द्र तुलसीपुरका नरेश चौधरीले बताए ।
घोराहीमा २३ सय १६ संकलन भएको र त्यस मध्यमा २२ सय खपत भएको छ । २३ सय १६ यु्निटमा १८ सय ८० युनिट पुरुषवाट र महिलावाट ४ सय ३६ युनिट संकलन भएको छ । डाईलोसीस सेवा राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा शुरु भएको र दैनिक ६÷७ युनिट खपत हुने गरेको छ । रक्त संचार केन्द्र तुलसीपुरमा फ्रिज सानो क्षमता भएकाले ६० युनिट भन्दा बढी स्टक गर्न नमिल्ने भएकाले समस्या रहेको छ ।
दाङमा ८० प्रतिशतले रक्त संचारवाट रगत प्राप्त गर्ने गरेको घोराहीका प्रमुख रक्त सञ्चार केन्दका प्रमुख दिलिप न्यौपाने बताए बाइट दिलिप न्यौपाने घोराही रक्त संचार केन्द्र जिल्लामा सबै भन्दा बढि ‘बि’ पोजेटिभ रगतको अभाव हुने घोराही ईञ्चार्ज न्यौपानेले बताउनुभयो । दाङमा सिकलसेलका विरामीहरु धेरै भएकाले पनि उनीहरुलाई ‘बि’ पोजेटिभ रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुने गरेको हो ।
घोराहीबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल र निजी दिपज्योति हस्पिटल, गोर्खा हस्पिटल लगायतका जिल्लाका अस्पतालहरुमा रगत खपत हुने गरेको छ । त्यसबाहेक जिल्लाबाहिर बुटवल र नेपालगंजका अस्पतालहरुमा समेत कहीले काहि माग भए बमोजीम रगत पठाउने गरीएको छ । तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल,राप्ती लाईफ केयर हस्पिटल र तुल्सी हस्पिटलमा रगत खपत हुने गरेको छ ।
तर तुलसीपुरमा रगतको अभाव भए घोराहीवाट ल्याउने र घोराहीमा अभाव भए तुलसीपुरवाट पठाउने गरिएको छ । ‘बि’ पोजटिभ रगत दाङमा अभाव हुने भएकाले मागपूर्ति मिलाउन जेसीज, रोटरी र रोट्रयाक लगायतका संघसंस्थाहरुसंग समन्वय गरी ब्यवस्था मिलाउने गरीएको छ । अन्य रगत भन्दा ‘ए’ र ‘बि’ नेगेटिभ र पोजेटिभ रगतका कहिले काहीे समस्याले गर्दा अप्रेशन गर्दा समस्या हुने गरेका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका स्त्री रोग विशेषज्ञ डाक्टर विनोद सिंहले बताए ।
यदि जिल्लामा रगतको ब्यवस्था हुन नसके बिरामीलाई जिल्ला बाहिर रिफर गर्ने गरीएको छ । पुरुषहरुले ३ महिनामा एक पटक र बर्षमा ४ पटकसम्म र महिलाहरुले वर्षमा ३ पटक ४ महिनाको एक पटक रक्तदान गर्न सकिन्छ । तर रक्तदान गरेको ३५ दिन भित्र उक्त रगत प्रयोग गरी सक्नुपर्ने हुन्छ ।करिब ६ लाख जनसंख्या भएको दाङमा रगतको अभाव हुदै आएको छ, एकातिर रक्तदानको संस्कार अझै विकास हुन सकेको छैन । रक्तदान गर्नुपर्छ पर्छ भन्ने संस्कारको विकास हुन सकेमा रगतलाई व्यवस्थित बनाउन सकिन्छ ।








प्रतिक्रिया दिनुहोस्