ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीको फोहोर व्यवस्थापन कठिन बन्दै (भिडियोसहित)


एबीसी न्यूज
श्रावण १८, २०७६ शनिबार  ११ : ०० बजे

काठमाडौं, १८ साउन । स्वच्छ, सफा र व्यवस्थित उपत्यकाको योजना सहित वर्षौ देखि राजधानीको फोहोर व्यवस्थापनको विषयमा कुरा उठीरहेको छ । तरपनि जनसंख्याको चाप, अव्यवस्थित शहरीकरण लगायत सरकोरवाला पक्षबरु बीच समन्वय अभाव तथा प्रभावकारी कार्यान्वयन हुन नसक्दा राजधानीमा अझै पनि फोहोर व्यवस्थापन हुन सकेको छैन ।

राजधानीमा मात्रै ५० देखि ६० प्रतिशत कुहिने फोहर निस्किने गरेको तथ्यांक छ । कृषि बजारमा मल अभाव भएर किसान रोइरह“दा पनि कुहिने फोहोरबाट मल बनाउन तर्फ राज्यको चासो पुग्न भने सकेको छैन ।

काठमाडौं महानगरपालिकाले फोहोरलाई बिन कम्पोष्टिङ र भर्मि कम्पोष्ट मल बनाउने अवधारणा करिब १६ वर्ष अघि नै ल्याएको हो । तर, यो अझै प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । राजधानीका चोकै पिच्छे देखिने फोेहोरको दृश्यले देशको पर्यटन क्षेत्रमा नकरात्मक सन्देश दिएको छ ।

प्रत्यक्षरुपमा शहरको सौन्दर्यसंगै मानवजीवनको स्वास्थ्यलाई नै प्रतिकुल असर पारिरहेको छ । फोहर समयमै उठ्न सकेको छैन । फोहोरको जिम्मेवार निकाय महानगरपालिकाले चासो र चिन्ता भने नदिएको चाही हैन, तर प्रतिफल आउन सकेको छैन । फोहोेर ब्यवस्थापनमा, फोहरलाई मोहर बनाउ“ भन्ने अभियानपनि नआएका होइनन तर, परिणाम आउन दिन सकेनन् यस्ता कार्यक्रमले ।

राज्य मात्रै होइन नागरिक तहमा समेत सामाजिकञ रुपमा संस्कार र आचरणमा विकास हुन सकेन । यद्यपी फोहोर व्यवस्थापनमा भन्दा पनि फोहोरको श्रोत व्यवस्थापनमै महानगरपालिकाले जोड दिईरहेको वातावरण व्यवस्थापन माहाशाखाले जनाएको छ ।

राजधानीमा उत्पन्न हुने अधिकांश फोहोरमैलालाई पुनः प्रयोग गर्न सकिने गरि १८ वटै नगरपालिकासँग समन्वय तथा आन्तरिक तयारी एवम् कार्यान्वयनहरु भईरहेको महाशाखाले जानकारी दिएको छ । होटल, अस्पताल, कलकारखाना र घरबाट निस्कने फोहोरलाई घरभित्रै व्यवस्थापन भएमा सफा र स्वच्छ राजधानी निर्माणमा टेवा पुग्ने उनले बताए । यसो नगरिए, ल्याण्डफिल साईडहरु पनि भरिने र फोहोर व्यवस्थापनमा थप समस्या पुग्ने महाशाखाले बताएको छ ।

काठमाडौं महानगरले राजधानीको धुलो, धु“वा, फोहोर तथा प्रदुषण नियन्त्रण गरिरहेको बताए पनि आम नागरिक भने महानगरको कामप्रति सन्तुष्ट छैनन् । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले सुन्दर राजधानीमा स्मार्ट सिटीको विषय पनि उठीरहेको छ । तर स्माटं सिटीको कुरा उठीरहेको राजधानीमा भने अझै नाक खुम्चाएर हिडुनु पर्ने नियती छ ।

देशकै प्रमुख प्रशाशकिय तथा पर्यटकिय नगरी भनेर काठमाडौंलाई चिन्ने गरिन्छ । धार्मिक, सा“स्कृतिक र प्राकृतिक सम्पदाको महत्व बोकेको काठमाडौंलाई फोहोरको भारी होइन स्वच्छताको भारी बोकाउनु आवश्यक छ । वर्षौदेखि फोहोरको पुनः प्रयोग गर्दै यसको दिर्घकालिन व्यवस्थापन बारे महानगरमा चर्चा चलिरहेको छ । काठमाडौं महानगरले फोहर मात्र ब्यवस्थापन होइन, कि अब्यवस्थित मानसिकताको पनि ब्यवस्थापन हुनु पर्ने भन्दै पहलकदमी भैरहेको जनाउदै आएको छ । तर, अझै पनि यसको प्रभावकारी कार्यान्वयन भएको सुन्न समेत पाईएको छैन । यसतर्फ जिम्मेवारहरुले बेलैमा सोच्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com