ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार प्रशासनसंगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य छ – अर्थमन्त्री डा. खतिवडा


एबीसी न्यूज
श्रावण १७, २०७६ शुक्रबार  ११ : ३६ बजे

काठमाडौं,१७ साउन । आधुनिक, विश्वसनीय, वैज्ञानिक एवम् उद्योगमैत्री भन्सार प्रशासन निर्माण बारे राजधानीमा दुई दिने गोष्ठीको आयोजना भएको छ । चोरी पैठारी, कालोबजारी नियन्त्रणका लागि प्रविधिका् प्रयोग गर्दै बजेटको अधिकतम प्रतिफल प्राप्तीका लागि गोष्ठी कार्यक्रम फलदायी रहने अर्थमन्त्रालयले जनाएको छ ।

भन्सार प्रणाली प्रविधिमैत्री, उद्योगमैत्री एवम् वैज्ञानिक बनाउन र यसका लागि नितिगत मार्गदर्शन निर्माणका लागि राजधानी दुई दिने भन्सार व्यवस्थापन गोष्ठीको आयोजना गरिएको छ । भन्सार विभागले विहीबार राजधानीमा आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भन्सार प्रशासनसंगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताएका छन् ।

अर्थमन्त्री खडिवडाले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नतिका निम्ति कानूनी एवं संरचनागत सुधारमा लागेको बताए । राष्ट्रिय पू“जी निर्माणमा निजी क्षेत्रलाई आह्वान गर्दै खतिवडाले भन्सार र व्यापारका पूर्वाधार बनाउन र सुस्तगतिमा भइरहेको औद्योगिकीकरणलाई दु्रतगतिमा बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक भएको विचार व्यक्त गरे ।

भन्सार नाकाहरुमा आयात तथा निर्यातमा देखा परिरहेका चोरीपैठारी, कालोबजारी लगायतका समस्याहरुलाई नियन्त्रण गर्न भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउन पहल भईरहेको भन्सार विभागले जानकारी दिएको छ । विशेष गरी, साना भन्सारहरुको समस्या समाधान गर्न चुनौती रहेको बताउर्दै भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले प्रभावकारी भन्सार प्रशासनका लागि एकद्धार प्रणाली लागूहुनुपर्नेमा जोड दिए । भन्सार नाकामा एक रुपैंया पनि कारोबार नहुने गरि बैंङ्कीङ तथा वैज्ञानिक प्रणालीहरुको लागू हुनुपर्ने उनले बताए ।

भन्सार नाकाहरुमा आयात भन्दा पनि निर्यातका विषयमा धेरै छलफल हुनुपर्नेमा अर्थमन्त्रालयका अर्थ सचिव राजन खनालले जोड दिएका छन् । व्यापारघाटा न्यूनीकरण गर्न, उद्योगमैत्री तथा प्रविधिमैत्री भन्सार प्रशासन निर्माण गर्न देशको व्यापार पद्दती मै परिवर्तन हुनुपर्ने उनको धारणा छ । जसका लागि राज्यले पनि सकारात्मक र सहयोगात्मक भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

भन्सार विभागको कार्यक्रममा तीन दर्जनभन्दा बढी साना निकायहरु एकद्धार प्रणालीमा आउने विषयमा छलफल भएको छ । भन्सार व्यवस्थापन समबन्धित यो दुई दिने गोष्ठीमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायत विभिन्न वयवसायीहरुको प्रतिनिधितवमूलक सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com