ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्सालस्थित बालमन्दिरको जग्गामा निजी स्कुलको रजाईं, आफ्नै जमिन संरक्षण गर्न नसक्दा बालमन्दिर अलपत्र (भिडियोसहित)


एबीसी न्यूज
श्रावण १५, २०७६ बुधबार  १० : १९ बजे

काठमाडौं,१५ साउन । नक्सालस्थितको नेपाल बाल संगठनको एक सय चार रोपनी जग्गा छ । जसमा ५२ रोपनी ललितकला प्रज्ञा प्रतिष्ठान र बाँकी ५२ रोपनीमा नेपाल बाल संगठन रहेको बालमन्दिरले जनाएको छ । सडक बालबालिका र विपन्न वर्गलाई लालन–पालन र शिक्षा सेवा उपलब्ध गराउने उद्येश्यले स्थापित बालमन्दिरको जमिन भने संरक्षणको अभाव हुदा लापारबाही पनि बढ्दो छ ।

२०२१ सालमा स्थापित नक्सालस्थितको बाल मन्दिरमा अहिले ९३ जना संवेदनशील शिशु र बालबालिकाहरु छन् । जसलाई लालन–पालन, स्याहार सुसार देखि शिक्षा उपलब्ध गराउनेसम्मको काम बाल मन्दिरले गर्दै आएको छ । यसको लागि बाल मन्दिर अन्तर्गत कान सुन्न नसक्नेहरुका लागि बहिरा विद्यालय, शिक्षाको लागि खाद्य कार्यक्रम, आदर्श आधारभूत विद्यालय र अपांग तथा सुस्त मनस्थितीहरुका लागि दिदीदाई नामक विशेष विद्यालयहरु सञ्चालित छ । तत्कालिन महारानी रत्नराज्य लक्ष्मीदेवी शाहद्धारा स्थापित यो बाल मन्दिर भूकम्पपछि थप जीर्ण बनेको छ । बाल मन्दिरमा रहेका शिशु र बालबालिकाहरु असहज र जोखिमपूर्ण वातावरणमा हुर्किरहेका छन् । तर, यहाँको भौतिक पूर्वाधारको पुननिर्माण बारे भने ध्यान दिईएको छैन ।

बाल मन्दिरको १३ रोपनी १२ आना र १ पैसा जग्गा प्रक्रिया मिचेर निजी स्कूल बृहस्पति शिक्षा सदनलाई ५१ वर्षका लागि भाडामा दिईएको छ । त्यसैगरि ललितपुरमा पनि बाल मन्दिरकै ५ रोपनी जग्गामा प्रेरा निर्माण सेवा प्रालि र टेकुमा १ रोपनीमा हरिनारायण तथा कनक ट्रेड पेट्रोल पम्प भाडामा छ । बाल मन्दिरको जग्गा भाडामा दिनु त्रुटि भएको भन्दै जग्गा छानबिनका लागि संसदिय समितीले निर्देशन नै दिईसकेको छ । तर पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यसको छानबिन गर्न सकेको छैन । बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल भने, आम्दानीका लागि जग्गा भाडामा दिईएको बताउंछन् ।

जग्गा भाडामा नदिएको भए, ललितकला प्रज्ञा प्रतिष्ठानको झैं बगैंचा मात्रै र अरु केही नहुने भन्दै उनले जग्गा भाडामा दिनु सकारात्मक भएको जिकिर गर्छन् । वि.सं. २०५९ भदौ ११ गते बृहस्पति विद्या सदनलाई मासिक ५० हजार र वार्षिक ५ लाखका दरले ३० वर्षका लागि भएको सम्झौता २०७२ जेठ २१ मा ५१ वर्षका लागि थप पूरक सम्झौता भएको छ । २०६६ मा तरुण निर्माण सेवा समितीलाई प्रति स्क्वायर ५ रुपैंया ८५ पैसा अर्थात् प्रतिमहिना ४ लाख ४० हजार ९ सय ७६ रुपैंयामा सम्झौता भको थियो । बृहस्पति विद्या सदनले अरुलाई पनि जग्गा भाडामा दिने अधिकारसहित बाल मन्दिरले सम्झौता गरेको छ । जुन, काम त्यसै पनि कानुन विपरीत छ । त्यसअनुरुप बृहस्पतिले पनि विभिन्न समयमा विभिन्न संगठनहरुसँग जग्गा भाडामा दिने सम्झौता गरेको छ । सरकारी जग्गा वा सम्पत्ति लिजमा लिएर सबलिजमा दिनु कानुन विपरीत हुने सर्वोच्च अदालतले नै प्रष्ट पारिसकेको छ ।

यसर्थ, पवित्र उद्देश्यका साथ स्थापित बाल मन्दिरको जग्गामा अहिले व्यापारिक र व्यवसायिक प्रायेजनका निम्ति प्रयोग बढ्दो छ । सरकारी जग्गा निजी प्रायोजनका लागि दिनु कानुन विपरीत त छंदै छ, आफ्नै भौतिक पूर्वाधारलाई व्यवस्थित र विकसित बनाउन पनि बाल मन्दिर चुकेको छ । व्यवस्थित पूर्वाधार र शैक्षिक गुणस्तर नहुँदा बाल मन्दिरमै हुर्किरहेका बालबालिकाहरु समेत एउटै आँगनमा अवस्थित आदर्श आधारभूत विद्यालयमा पढ्दैनन् । बाल मन्दिरको अवस्था बुझ्न टाढा जानै पर्दैन । एउटै घरभित्र रहेको शिक्षालयहरु बृहस्पति र आदर्शबीच विभेदित रुपमा दुई वर्गलाई जानाजान छुट्याईएको अनुभति त्यहाँ सजिलै गर्न सकिन्छ ।

५२ वर्ष अघि स्थापित आदर्श आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर विकासमा बाल मन्दिरको ध्यान नपुगेको देखिन्छ । त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि करोडौंको दुरुपयोग भएको भन्दै प्रतिवेदनहरु समेत तयार पारेको छ । तर यी संगठनहरुको कार्यविधि र दायरा छुट्टै–छुट्टै मन्त्रालय अन्तर्गत पर्ने हुँदा कानुनी झमेला पनि छ । कर्तव्य, जिम्मेवार र कानुनी आधारको सही निक्र्यौल हुन नसक्दा विकसित काठमाडौं महानगरभित्रै पनि यस्ता जटिल समस्याहरु हल हुन सकेका छैनन् । भूकम्प पछिको आदर्श विद्यालयमा पानी जम्दा दिउँसै मच्छर धूप बालेर कक्षा सञ्चालन हुन्थ्यो । त्यस्तो बेलामा समेत सम्बन्धित निकायहरुको समन्वय र सहकार्य भड्किनै रह्यो ।

त्यसो त, अहिलेसम्म पनि देशैभरको सरकारी, सार्वजनिक र निजी जग्गाको व्यवस्थित विवरण एवम् सूचनाहरु नरहेको पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयले जनाउदै आएको छ । संरक्षण र नियमनको अभावमा यसो हुदै गएको आम बुझाई छ । तसर्थ, उद्देश्य र कानुन विपरीत सरकारी जग्गामा स्थापित निजी संस्थाहरुको नियमन, अनुगमन र नियन्त्रण मा अझै पनि ढिला गरे भविष्यमा यो समयाले ठूलो रुप लिने सम्भावना देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com