ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५२ वर्ष लामो ईतिहास बोकेको विद्यालयको लालपुर्जा छैन (भिडियोसहित)


एबीसी न्यूज
श्रावण १३, २०७६ सोमबार  ११ : ०२ बजे

काठमाडौं, १३  साउन  ।  विपन्न वर्गका लागि निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले वि.सं.२०२४ सालमा श्री आदर्श आधारभूत विद्यालयको स्थापना भएको थियो । तत्कालिन महारानी रत्नराज्य लक्ष्मी देवी शाहाद्धारा स्थापित ५२ वर्ष लामो ईतिहास बोकेको यो विद्यालयको भने अहिलेसम्म पनि आफ्नै लालपुर्जा समेत छैन ।

भौतिक पूर्वाधार र अध्ययन, अध्यापनका लागि उपयुक्त वातावरण नहुँदा एउटै आँगनमा रहेको बालमन्दिरका विद्यार्थीहरु समेत त्यहाँ पढ्न जाँदैनन् ।

तत्कालिन महारानी रत्नराज्य लक्ष्मीदेवी शाहद्धारा वि.सं. २०२४ सालमा स्थापित श्री आदर्श आधारभूत विद्यालयमा अहिले विपन्न वर्गका जम्मा एक सय सात विद्यार्थीहरु अध्ययनरत छन् । यस विद्यालयमा अहिले कक्षा ८ सम्म पढाई भईरहेको छ ।

तर, दुःखको कुरा, ५२ वर्ष लामो ईतिहास बोकेको यस विद्यालयको अहिलेसम्म आफ्नै लालपुर्जा छैन । २०७२ को भूकम्पपछि तहसनहस भएको यो विद्यालयको भौतिक पूर्वाधार र व्यवस्थापन पनि दयनीय छ । तर, विद्यालयको आफ्नै लालपुर्जा नहुँदा सरकारी तथा निजी संघ, संस्थाबाट आएका आर्थिक सहयोग फ्रिज भएर सदुपयोग हुन सक्दैन । जमेको हिलो, उम्रिरहेको घाँस र खाल्डा, खुल्डीले गर्दा विद्यालयका स–साना विद्यार्थीहरुलाई समेत हिड्न र खेल्न एकदमै गाह्रो छ । आफ्नै लालपुर्जा नभएका कारण विद्यालयले वर्षौदेखि पूर्वाधार निर्माणका काम अघि बढाउन सकेको छैन ।

बाल मन्दिरका सडक तथा टुहुरा बालबालिकाहरुलाई निःशुल्क पढाउने उद्देश्यका साथ स्थापित यो विद्यालयमा एउटै आँगनमा अवस्थित बाल मन्दिरका विद्यार्थीहरु भने पढ्दैनन् । कारण, भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर नै हो । श्रम बजारमा शिक्षाको उच्च प्रतिस्पर्धा भएकै कारण बालबालिकाहरुलाई प्रायोजन खोजेर गुणस्तरीय निजी विद्यालयहरुमा पढाईरहेको बाल मन्दिरका निर्देशक बालकृण डंगले बताउंछन् ।

समस्या कहाँनिर छ भने, २०२४ सालमा सरकारकै मातहातमा स्थापना भएको श्री आदर्श आधारभूत विद्यालयमा सरकारकै एउटा संस्थाले आर्थिक सहयोग गर्छ । तर, अर्को निकायले भने रोक लाउँछ । बाल कल्याण समन्वय समितिले नै पटक पटक ३ रोपनी जग्गा यस विद्यालयलाई दिने भनेर निर्णय गरेको छ, तर यो अझै कार्यान्वयन हुन सकेको छैन ।

शिक्षाको गुणस्तर उकास्ने र भौतिक पूर्वाधार पुनःनिर्माण गर्ने भन्दा पनि बरु, अन्यत्रै लगेर पढाउने तर नजिकैको विद्यालयसँग बाल मन्दिरले समन्वय र सहकार्य गर्न सकेको छैन । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर न्यून नभएको दाबी गर्छन आदर्श विद्यालयका प्रधानाध्यापक नारायण नाथ ।

यस विद्यालयका विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापहरुलाई हामीले कैद गर्ने कोसिस पनि ग¥यौं । गायन लगायत अन्य क्रियाकलापहरु हेर्दा उनीहरु अगाडी नै छन् ।

तर, निकै उत्साहित भएर गीत गाउँदै गरेका यी बालबालिकाहरुसँग आफ्ना आमा बुवाको कुरा सोध्दा भने उदास बन्छन् । उनीहरु प्रायजसो आफ्ना आफन्तहरुसँग बस्दै आएका छन् ।

तर, पनि विद्यालयमा साथीभाई र शिक्षकको माया र साथले नै उनीहरु खुसी र सन्तुष्ट देखिन्छन् ।

५२ वर्ष लामो ईतिहास बोकेको यस श्री आदर्श आधारभूत विद्यालयमा भौतिक पूर्वाधारको पुनःनिर्माण र व्यवस्थापनमा सुधार हुन आवश्यक छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र शिक्षा मन्त्रालयले यस विद्यालयमा पढ्ने बालबालिको भविष्यप्रति गम्भिर भई छिटो भन्दा छिटो आवश्यक पहलकदमी चाल्नुपर्दछ । एउटै आगँनमा हुर्कीरहेका सडक बालबालिकाहरु सजिलै बालमन्दिर नजिकैको आदर्श आधारभूत विद्यालयमा पढ्न जान सक्ने वातावरणको निर्माण गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com