ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षातका कारण उदयरपुरका अधिकांश सडक भत्किए, तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानीको माग (भिडियोसहित)


एबीसी न्यूज

उदयपुर, ९ साउन ।  अबिरल वर्षातकाकारण सडक तहसनहस भएपछि उदयपुरको दुई गाँउपालिकामा खाद्यान्नको चरम अभाव भएको छ । उदयपुरको कर्णाली भनेर चिनिने लिम्चुङबुङ, ताप्लीगाउँपालिका पूर्णरुपले सडक विच्छेद भएपछि यस भेगमा खाद्यान्नको अभाव भएको हो । गाउँमा खाद्यान्न तथा उपभोग्य सामग्री ढुवानी नभएकाले दुर्गम गाउँका वासिन्दाहरु भोकै पर्ने अवस्था आएकाले तत्काल हेलिकोप्टरबाट भएपनि ढुवानीको माग गरिएको जिल्ला समन्वय समितिप्रमुख खड्गबहादुर परियारले जानकारी दिए ।

उद्धार र राहतको काम सुगम क्षेत्रमामात्र केन्द्रितभएको भन्दै दुर्गमका जनप्रतिनिहिरुले गुनासो राखेका छन् । सडक अवरुद्ध भएको भन्दै राहतदाताहरु दुर्गममा पुग्न सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार लिम्चुङबुङ र ताप्लीगाँउपालिकामा १७ मेट्रिकटन चामल सहित विभिन्न उपभोग्य बस्तु ढुवानी गर्ने सरकारी प्रक्रिया अघि बढाइएको हो । गएको बैशाख, जेठ र असार मसनन्तसम्मलामो खडेरीले यस क्षेत्रमा मकै उत्पादन समेत नभएको र वर्षाले सडक सञ्जाल पुर्ण रुपमाक्षति भएपछि हेलिकप्टरबाट खाद्यन्न ढुवानी गर्ने तयारी गरेको प्रमुखजिल्लाअधिकारी धुर्वबहादुर खड्काले जानकारी दिए ।

लिम्चुङबुङमा ९ मेट्रिकटन २०४ केजीचामल, दाल, तेल र नुन ९ क्विनटल २१ केजीका दरले ढुवानी गर्न गाँउपालिकाकाले माग गरेको छ । यसैगरी ताप्लीगाँउपालिकामा ५ मेट्रिकटन ५८ केजिचामल सहितदाल, तेल र नुन ९ क्विनटल २१ केजीका दरले ढुवानी गर्न ताप्लीगाँउपालिकाकाले माग गरेको गरेको छ । स्थानीयतह, प्रदेश र संघीय सरकारको पहलमा हेटिकप्टरबाट त्यस क्षेत्रमाखाद्यन्न पठाउन लागिएको हो । उदयपुरमा ३ जनाको मृत्य, ३१ घर पूर्ण क्षती, ६८ घर अत्तिजोखिममा र १ हजार ५ सय ७६ घर प्रभावित रहेको जिल्लाप्रशासनकार्यालय उदयपुरले जनाएको छ । पिडित र प्रभावितको विवरण थप संकलनका साथै उद्धार र राहतको कामपनिभईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com