ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली महिला भारतको रुपैडिहामा अफिमसहित पक्राउ


एबीसी न्यूज

 

काठमाडौं , ७ साउन । दुई साताअघि एक नेपाली महिला भारतको रुपैडिहामा अफिमसहित समातिइन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई जाँचका क्रममा अफिमसहित पक्राउ ग¥यो । उनी रु पाँच हजारको लोभमा अफिम पु¥याउनकै लागि नेपालगञ्जबाट रुपैडिहा पुगेकी थिइन् ।

भारतीय प्रहरीका अनुसार, लागुऔषध तस्करीको सूचनामा चेकपोष्टमा जाँच गर्दा जाजरकोटकी काली खत्री एक किलो ८०० ग्राम अफिमसहित फेला परिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई थप कारवाही अगाडि बढायो । नेपालगञ्जको धम्बोझीचोकदेखि रुपैडिहा पु¥याउन तस्करले महिलाको प्रयोग गर्दै आएका छन् ।

पक्राउ परेकी खत्रीले भनेजस्तै लागुऔषधका कारोवारीले व्यवस्थित सञ्जाल नै स्थापना गरेर निस्फिक्री कारोवार चलाइरहेका छन् । प्रहरीले पक्राउ गरेका कारोवारीको बयान तथा अनुसन्धानबाटै पनि यो तथ्य खुल्छ । एक जना पक्राउ परे, त्यही काम अर्कोलाई लगाउने, ओसारपसार गरिदिएवापत निश्चित रकम दिने सुविधामा काम लगाउने गरेको पाइएको छ ।

प्रहरीले बाँकेका विभिन्न ठाउँबाट हरेक दिनजसो लागुऔषधसहित मानिस पक्रन्छ अनि ओसारपसारमा संलग्न रहेको अभियोगमा मुद्दा अघि बढाउँछ । तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार त्यसरी पक्राउ पर्नेमध्ये अधिकांश ‘भरिया’ मात्रै हुन्छन्, जसलाई आफूले बोकेर ल्याइदिएको सामान के हो भन्ने सुइँको पनि हुँदैन । यो क्रम लगातार बढ्ने क्रममा छ ।

लागुऔषध नियन्त्रणमा खटिएका प्रहरीका अनुसार कारोवारीहरुले गृहिणीलाई समेत लागुऔषध बोकाएको भेटिएको छ । “सागसब्जी र खाद्यान्न खरीद गर्न भारतीय बजार पुग्ने गृहिणीलाई पनि लागुऔषध बोकाएको पाइएको छ”, प्रदेश नं ५ लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जका प्रमुख एवं प्रहरी निरीक्षक वीरबहादुर थापाले भन्नुभयो, “यसरी उनीहरुले नयाँ–नयाँ उपाय लगाएर कारोवार चलाएका छन् । यसले जालो तोड्न गाह्रो भएको छ ।”

प्रहरीले नेपालगञ्जको जमुनाहा नाकाबाट वर्षौँअघिदेखि लगातारजसो मान्छे समातिरहँदा पनि प्रतिबन्धित लागुऔषध नेपाल भित्र्याउने क्रम रोकिएको छैन । मान्छे पक्राउ परिरहने तर कारोवारचाहिँ पटक्कै नघट्ने समस्याले प्रहरी हैरान छ । पछिल्लो समयमा प्रहरीले नियन्त्रणमा लिएका कारोवारीलाई ठूला तस्करले समेत परिचालन गरेको पाइएको छ । तर, केही व्यक्ति मात्रै होइन, नेपालगञ्जमा ठूलै समूह कारोवारमा लागेकाले लागुऔषध कारोवारको जालो तोड्न प्रहरी सफल हुनसकेको छैन ।

जमुनाहा नाकाबाट भित्रिने लागुऔषध पश्चिम नेपालका धेरै शहर हुँदै काठमाडौँसम्मै पुग्ने गरेको छ । लागुऔषध विरुद्धकै क्षेत्रमा लामो समयदेखि काम गरिरहेका अभियानकर्मीहरू पनि बाँके हुँदै अन्यत्र ओसरपसार हुने लागुऔषध र कारोवारी सङ्ख्या धेरै भएको बताउँछन् । “बाँकेमा प्रयोगकर्ता पहिलेभन्दा धेरै घटेका छन्”, अभियानकर्मी अभिराज क्षेत्रीले भन्नुभयो, “तर, बाँकेमै धेरै कारोवारी पनि छन् । यसको अर्थ बाँके ‘ट्रान्जिट’का रूपमा बढी प्रयोग भइरहेको छ ।”

उहाँका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोवार प्रहरीले दुई–चार प्रयोगकर्ता समात्दैमा भत्काउन कठिन छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि कारोवारीभन्दा पनि बढी प्रयोगकर्ता नै समातिरहेको छ । प्रयोगकर्ता समात्ने तर कारोवारीसम्म पुग्न नसक्दा लागुऔषध तस्करीको सञ्जाल बलियो हुँदै गएको हो । लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट बाँके हुने गरेको छ ।

बाँके प्रहरीले केही समयको फरकमा कारोवारीहरु समात्न थालेको लामो समय बितेको छ । तर, कारोवारीको सक्रियता पटक्कै घटेको छैन । यो सङ्गठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरु नै बताउँछन् । नेपाली बजारमा सहजै उपलब्ध नहुने लागुऔषधका लागि प्रयोगकर्ता महङ्गो मूल्य तिर्न राजी हुने गरेका कारण कारोवारी राम्रो आम्दानीको लोभमा जोखिम मोलेर कारोवार चलाइरहेका छन् ।

“रु पाँच हजारका लागि अफिम बोकेर नेपाली महिला रुपैडिहा आएको पाएका छौँ”, रुपैडिहा थाना प्रहरी निरीक्षक मनिषकुमार पाण्डेले भन्नुभयो । नेपालबाट भारत अफिम तस्करी भएर जाने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र प्रदेश नं ५ ब्यूरो नेपालगञ्जले दैनिकजसो लागुऔषध नियन्त्रणमा लिइरहेको छ । यसअघि असार पहिलो साता पनि ठूलो परिमाणको अफिम नियन्त्रणमा लिएको थियो ।

बाँके प्रहरीले साढे १८ किलो अफिमसहित चार जनालाई नियन्त्रणमा लिएको थियो । बाँकेको प्रहरी टोलीले जाजरकोट त्रिवेणी नलगाड नगरपालिकाका पृथ्वीबहादुर विक, वीरबहादुर विक, राजेन्द्र विक र पूर्वी रुकुम पुथाउत्तरगङ्गाकी शर्मिला मगरलाई नियन्त्रणमा लिएको थियो । नेपालगञ्जमा पक्राउ परेका उनीहरुले पनि केही रकमको लोभमा अफिम तस्करी गरेको बयान प्रहरीलाई दिए ।

“प्रतिदिन रु १५ हजार पाउने शर्तमा अफिम नेपालगञ्ज पु¥याउने जिम्मा लिएका थियौँ”, प्रहरी नियन्त्रणमा परेकी शर्मिला मगरले पत्रकार सम्मेलनमै भनेकी थिइन् । प्रहरी निगरानीका बाबजुद नेपाल–भारत सीमामा लागुऔषधको कारोवार घट्न सकेको छैन । बाँकेमा लागुऔषधको कारोवार बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । पहाडी जिल्लाबाट अफिम ल्याएर नेपालगञ्ज सीमामार्फत भारत लैजाने गरिएको छ ।

लागुऔषध तस्करीका लागि भरियाको प्रयोग हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । लागुऔषधका कारण पारिवारिक सम्बन्ध र समाज नै भताभुङ्गको अवस्थामा जान लागेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै संयन्त्र परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रण होइन, निषेध गर्ने गरी कार्ययोजना बनाएर अघि बढेका छौँ ।”

लागुऔषधको कारोवार र ओसारपसार नियन्त्रण गर्न छुट्टै विभाग नै परिचालन गरे पनि प्रहरीले यसमा उल्लेख्य सफलता हात पार्न सकेको छैन । प्रहरी अधिकांश घटनामा प्रयोगकर्ता वा भरियासम्म मात्रै पुगेको देखिन्छ जबकि, उनीहरुलाई ज्याला दिएर प्रतिबन्धित लागुऔषध नेपाल भित्र्याउन लगाउने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । प्रहरी उपरीक्षक वलीले भन्नुभयो, “लागुऔषधका भरियामात्रै होइन, यसका मुख्य कारोवारी, स्थानीय एजेण्टलाई समेत पक्राउ गर्ने गरी लागिपरेका छौँ ।”

प्रहरीले लागुऔषधको कारोवार बढेको भन्दा पनि प्रहरी चनाखो हुँदै जाँदा पक्राउ पर्ने र मुद्दाको सङ्ख्या बढ्दै गएको बताएको छ । नेपालबाट प्रहरीको आँखा छलेर भारत पुग्नेहरु भारतीय प्रहरीको फन्दामा समेत पर्ने गरेका छन् । भारतमा लागुऔषधसहित समातिएका धेरै नेपाली अहिले पनि बहराइच जेलमा सजाय भोगिरहेका छन् । पछिल्लो समय प्रहरीले सीमामा कुकुरको प्रयोग गरेर लागुऔषधको निगरानी गरिरहेको छ । यसले पनि जिल्लामा भएको लागुऔषधसम्बद्ध घटना बढेको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com