ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रागिरी हिल्स प्रालिलाई जरिवाना (भिडियोसहित)


एबीसी न्यूज
श्रावण ३, २०७६ शुक्रबार  ११ : ४४ बजे

काठमाडौं, ३ साउन । काठमाडौंको चन्द्रागिरीमा रहेको चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन नगरी रिसोर्ट संचालन गरेको भन्दै वन मन्त्रालयले कार्वाही गरेको छ । चन्द्रगिरी हिल्स प्रालिलाई मन्त्रालयले २० लाख रुपैयां जरिवाना गराएको हो ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएभन्दा फरक भौतिक संरचना निमार्ण गरेको भन्दै वन मन्त्रालयले २० लाख रुपैयां जरिवाना गरेको छ । वातावरण विभागको अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइएकाले वातावरण ऐन २०५३ को बमोजिम कारवाही गरेको हो ।

चन्द्रागिरी हिल्सले संरचना बनाउदा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ख्याल नगरी लापरवाही गरेको भन्दै मन्त्रालयले कारवाही प्रक्रिया अगाडी बढाएको थियो । कारवाहीपछि चन्द्रागिरी हिल्स लिमिटेडलाई पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न पनि निर्देशन दिएएको छ । पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नबुझाएसम्म रिसोर्ट संचालन गर्न नपाउने मन्त्रालयले जनाएको छ ।

निमार्णको अन्तिम चरणमा रहको चन्द्रागिरि हिल्स रिसार्टले बनाएका संरचना ईआईए प्रतिवेदनमा उल्लेख भएजस्तो वातावरण मैत्री र कटेज नभई पहुंच र चलखेल गरी कंक्रिटका भब्य संरचना निमार्ण गरिरहेको आरोप लागेको छ । चन्द्रागिरि हिल्सले ४० वटा कटेज बनाउने स्वीकृत पाएपनि अहिले वातावरण प्रतिकुल असर गर्नेगरी कंक्रिटयुक्त भवन बनाएकोमा वन मन्त्रालयको आपत्ति रहेको बुझ्न सकिन्छ । सरकारी जग्गा प्रयोगको नियम उल्लंघन गर्दै आफुखुशी काम गरेपछि मन्त्रालयले कारवाहीको सिफासिस गरेको हो ।

यसअघि पनि चन्द्रागिरि हिल्सले पटक पटक नियम उल्लंघन गरेको आरोप लागेको थियो । यस विषयमा चन्द्रागिरी हिल्ससम्बद्ध अधिकारीहरुसंग प्रतिक्रिया लिन पटकपटक प्रयास गरेपनि क्यामेरामा बोल्न चाहेनन् । चन्द्रागिरी हिल्सले काठमाडौंको थानकोटबाट चन्द्रगिरीको भालेश्वर डांडासम्म केवलकार, वाल उद्यान, रिसोर्ट संचालन गरिरहेको छ । यो भौतिक संरचनासंगै चन्द्रागिरी अहिले काठमाडौंकै मुख्य पर्यटकीय गन्तव्य बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

सम्बन्धित

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com